default_image

4 months ago

August 19, 2025

अल नासर साउदी सुपर कपको फाइनलमा

1244 views

0 Bookmark

एजेन्सी – अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ।

अल इत्तिहादलाई २-१ ले हराउँदै अल नासरले अन्तिम दुईको यात्रा पक्का गरेको छ। हङकङ स्टेडियममा भएको खेलमा लामो समय १० खेलाडीमा सीमित रहँदा पनि अल नासरले शानदार प्रदर्शन गर्‍यो।

खेलको सुरुवात नै रोमाञ्चक रह्यो। १० औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर मात्र ५ मिनेटपछि स्टेभेन बर्गविनले अल इत्तिहादलाई बराबरीमा फर्काए।

पहिलो हाफको अन्त्यतिर गोलकिपरमाथि फाउल गरेपछि माने रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भयो र दबाबमा पर्यो।

त्यसका बाबजुद दोस्रो हाफमा अल नासरले फेरि अग्रता लिन सफल भयो। करिब ६० औं मिनेटतिर जोआँ फेलिक्सले क्रिष्टियानो रोनाल्डोको असिस्टमा गोल गरे।

यो गोल उनले चेल्सीबाट अल नासे पुगेपछि गरेको पहिलो गोल थियो। अल नासरले फाइनलमा अल अहली र अल कादसियाहबीचको विजेतासँग खेल्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.