4 months ago
August 20, 2025
एजेन्सी– रियल मड्रिडले जितबाट ला लिगाको नयाँ सिजनको सुरुवात गरेको छ।
मंगलवार भएको आफ्नो पहिलो खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गरेको छ। केलियन एम्बाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो।
दायाँ विंगबाट बल अघि बढाएका एमबाप्पेलाई ओसासुनाका डिफेन्डरले फाउल गरेपछि रियलले पेनाल्टी प्राप्त गर्यो। खेलमा रियलको पूर्ण नियन्त्रण भएपनि थप गोल भएन।
यो खेल रियलका नयाँ प्रशिक्षक साबी अलोन्सोको पनि पहिलो आधिकारिक लिग खेल हो । अलोन्सोले नयाँ सिजनका ३ नयाँ डिफेन्डर आल्भारो कार्रेरास, ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्ड, र डिन होइसेनलाई पहिलो रोजाइमै राखे।
उनले कार्लो एन्सेलोटीको ठाउँ लिँदै क्लब वर्ल्ड कप अघि नै क्लब सम्हालेका थिए। एन्सेलोटीले ब्राजिलको राष्ट्रिय टोली सम्हाल्न रियल छाडेका थिए।
ओसासुनाका एक खेलाडी अन्तिम समयमा रातो कार्ड पाए। रियलका युवा खेलाडी फ्राङ्को मस्तान्तुआनोले दोस्रो हाफमा मैदान प्रवेश गर्दै समर्थकको ध्यान खिचे।
रियल धेरै राम्रो मौका बनाएको थियो भने ओसासुनाले रक्षात्मक खेल्यो। पहिलो हाफमा एम्बाप्पेको अर्को प्रहार पोष्टमाथिबाट गएको थियो।
गत सिजन रियल लिगमा बार्सिलोनापछि दोस्रो भएको थियो। ओसासुना नवौँ स्थानमा रहेको थियो।बार्सिलोनाले जितबाट नै लिगको सुरुवात गरिसकेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]