default_image

4 months ago

August 22, 2025

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

345 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ ।

कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नविकरण गरेको हो । सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ ।

सम्झौता पत्रमा बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बा स्वयंले हस्ताक्षर गरेका थिए । बैंकको तर्फबाट साक्षीमा मार्केटिङ विभाग प्रमुख सरिता दहाल उपस्थित थिइन् ।

कार्यक्रममा बोल्दै साम्बाले कृषि विकास बैंकसँगको सम्झौता आफ्नो भावनासँग जोडिएको बताइन् । ‘मेरो लागि पहिलो ब्राण्ड एम्बेसडरको प्रस्ताव कृषि विकास बैंकले गरेको थियो । सानो हुँदा मैले विज्ञापनमा धेरै कलाकार र खेलाडीको तस्विर देख्थें । र सपना थियो कुनै दिन मेरो पनि त्यस्तो दिन आउनेछ । कृषि विकास बैंकले पहिलो पटक एम्बेसडर नियुक्त गर्दा निकै खुसी लागेको थियो । बैंकले गरेको विश्वासप्रति सदा आभारी छु,’ उनले भनिन् ।

बैंकका प्रमुख कार्यकरी अधिकृत गोविन्द गुरुङले साम्बा एक फुटबल खेलाडी मात्र नभएर मिहिनेतको प्रतिक पनि भएको बताए । ‘साम्बासँग कृषि विकास बैंक जोडिनु भनेको हाम्रो बैंकको लागि पनि प्रतिष्ठाको विषय हो । वहाँले देश र विदेशमा खेल्दा हाम्रो बैंकको प्रतिनिधित्व गर्नुहुन्छ । र वहाँ आफ्नो क्षेत्रमा अब्बल भएजस्तै हामी पनि बैंकिङ्ग क्षेत्रमा अब्बल हुने लक्ष्यसाथ अघि बढेका छौं । वहाँको मिहिनेतले हामीलाई पनि अझ राम्रो गर्न प्रेरित गर्छ,’ उनले भने ।

मार्केटिङ विभाग प्रमुख दहालले बैंकको प्रचारमा साम्बाको उपस्थितिले बेग्लै प्रभाव पारेको जानकारी दिइन् ।

साम्बालाई गत साता म्याक्सीम्याक्स एजुकेसन एण्ड भिसा सर्भिसेस र हिरो मोटोकर्पले पनि ब्राण्ड एम्बेसडर नियुक्त गरेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.