default_image

4 months ago

August 22, 2025

नेपालले भुटानलाई हरायो

1053 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट कमब्याक गर्दै भुटानलाई २-१ ले हराएको छ। दोस्रो खेलमा नेपालको यो पहिलो जित हो।‌

भुटानको थिम्पुमा भएको खेलमा भुटानले पहिले अग्रता बनायो। घरेलु टोलीले नेपाल विरुद्ध ४२ औं मिनेटमा अग्रता बनायो। क्युनडेन सोनामले गोल गरिन्। पहिलो हाफमा भुटानले १-० को अग्रता कायम गर्यो।

त्यसपछि खेलको ५८ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो। साहारा लिम्बुले बक्स बाहिरबाट हानेको प्रहार गोलमा परिणत भयो। खेल १-१ को बराबरीमा पुग्यो।

यसपछि ७६ औं मिनेटमा साहाराले नै व्यक्तिगत दोस्रो गोल गरिन्। यो सँगै नेपालले २-१ को अग्रता बनायो। यसपछि थप गोल भएन । नेपाल २-१ को जित निकाल्न सफल रहयो।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७-० ले हारेको थियो। अब नेपालले आइतवार बंगलादेशसँग खेल्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.