default_image

3 months ago

August 23, 2025

चेल्सीको फराकिलो जित

336 views

0 Bookmark

एजेन्सी – चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई ५-१ ले पराजित गर्दै २०२५/२६ प्रिमियर लिग अभियानको पहिलो जित हात पार्यो ।

आफ्ना पूर्व मुख्य प्रशिक्षक ग्राहम पोटरमाथि थप दबाब सिर्जना गर्‍यो। लन्डन स्टेडियममा वार्म-अपको क्रममा कोल पामर घाइते भएपछि चेल्सीले आफ्नो मुख्य खेलाडी गुमाए। छैटौँ मिनेटमा लुकास पाक्वेताको शानदार गोलबाट चेल्सी पछाडि पर्यो।

जाओ पेद्रोले १५ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि पेद्रो नेटोले २३औँ मिनेट गोल गर्दै चेल्सीले अग्रता लियो । त्यसपछि ३४ औं मिनेटमा एनजो फर्नान्डेजले सजिलो ट्याप-इन गर्दै गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३-१ को अग्रता लियो।

मध्यान्तरमा वेस्ट ह्यामलाई आफ्नै समर्थकले हुटिङ गरे। मोइसेस काइसिडो ५४ र र ट्रेभो चालोबाहले ५८ औं मिनेटमा गोल गर्दै चेल्सीको जितलाई फराकिलो बनाए ।
दुई खेलपछि वेस्ट ह्याम पुछारमा पुगेको छ । चेल्सी चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.