3 months ago
August 23, 2025
एजेन्सी – फाबियन रुइजको एक मात्र गोलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शुक्रवार लिग वानमा अन्जेर्सलाई हराएको छ।
पिएसजीले २०२५/२६ लिग वान को पहिलो घरेलु खेलमा अन्जेर्सलाई १-० ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो।
पहिलो हाफमा उस्मान डेम्बेलेले पाएको पेनाल्टी अवसर गुमाए पनि लुइस एनरिकको टोलीलाई ५०औँ मिनेटमा फाबियन रुइजको गोलले जिततर्फ डोर्यायो।
खेलको सुरुवातीमा अन्जेर्सको कडा रक्षात्मक पंक्तिलाई तोड्न पिएसजीले संघर्ष गर्यो। २५औँ मिनेटमा जोआओ नेभेसलाई बक्सभित्र मारियस कोर्कुलले फाउल गरेपछि पेनाल्टी पाएको थियो। तर बलोन डि’ओरका दाबेदार डेम्बेलेले स्पट-किक गोलपोस्टमाथि प्रहार गर्दा मौका गुम्यो।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै देसिरे डोउको क्रसले अन्जेर्सको डिफेन्समा भ्रम सिर्जना गरेपछि फाबियनले बल नियन्त्रण गर्दै प्रहार गरे र निर्णायक गोल गरे।
८३औँ मिनेटमा नुनो मेन्डेसले अग्रता दोब्बर बनाउने मौका पाए तर उनको तीव्र दौडपछि गरेको कडा प्रहारलाई गोलरक्षक हर्वे कोफीले उत्कृष्ट बचाउ गरे।
खेलको अन्तिमतिर फाबियनले दोस्रो गोलको अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर बाहिरियो। सिजनको पहिलो खेलमा पनि पिएसजी विजयी भएको थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]