4 months ago
August 23, 2025
एजेन्सी – फाबियन रुइजको एक मात्र गोलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शुक्रवार लिग वानमा अन्जेर्सलाई हराएको छ।
पिएसजीले २०२५/२६ लिग वान को पहिलो घरेलु खेलमा अन्जेर्सलाई १-० ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो।
पहिलो हाफमा उस्मान डेम्बेलेले पाएको पेनाल्टी अवसर गुमाए पनि लुइस एनरिकको टोलीलाई ५०औँ मिनेटमा फाबियन रुइजको गोलले जिततर्फ डोर्यायो।
खेलको सुरुवातीमा अन्जेर्सको कडा रक्षात्मक पंक्तिलाई तोड्न पिएसजीले संघर्ष गर्यो। २५औँ मिनेटमा जोआओ नेभेसलाई बक्सभित्र मारियस कोर्कुलले फाउल गरेपछि पेनाल्टी पाएको थियो। तर बलोन डि’ओरका दाबेदार डेम्बेलेले स्पट-किक गोलपोस्टमाथि प्रहार गर्दा मौका गुम्यो।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै देसिरे डोउको क्रसले अन्जेर्सको डिफेन्समा भ्रम सिर्जना गरेपछि फाबियनले बल नियन्त्रण गर्दै प्रहार गरे र निर्णायक गोल गरे।
८३औँ मिनेटमा नुनो मेन्डेसले अग्रता दोब्बर बनाउने मौका पाए तर उनको तीव्र दौडपछि गरेको कडा प्रहारलाई गोलरक्षक हर्वे कोफीले उत्कृष्ट बचाउ गरे।
खेलको अन्तिमतिर फाबियनले दोस्रो गोलको अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर बाहिरियो। सिजनको पहिलो खेलमा पनि पिएसजी विजयी भएको थियो।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]