3 months ago
August 23, 2025
एजेन्सी – पहिलो हाफमै ब्रेनन जोनसन र जोआओ पल्हिन्हाले गरेका गोलमा टोटेनहम हस्परले म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।
टोटेनहमका नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा टोलीले उत्कृष्ट सुरुवात गरेको छ। इथिहाड स्टेडियममा पल्हिन्हाले आफ्नो पूर्ण डेब्यूमा गोल गर्दै गरे।
ब्रेनन जोनसनले ३५ औं मिनेटमा पहिलो गोल गर्दै खेलको खाता खोले । सिटीको कमजोर खेललाई दण्डित गर्दै पल्हिन्हाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए।
गत साता वुल्भ्सविरुद्ध ४ गोल गरेको पेप ग्वार्डियोलाको टोली सिटीले यो साता निराशाजनक प्रदर्शन गर्यो ।
दुई खेलमा टोटनहमको ६ अंक भएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]