default_image

3 months ago

August 24, 2025

आर्सनलको सानदार जित

284 views

0 Bookmark

एजेन्सी – आर्सनललाई प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।

भिक्टर ग्योकेरेसले व्यक्तिगत गोलको खाता खोलेको शनिवारको खेलमा आर्सेनलले लिड्स युनाइटेडमाथि ५-० को शानदार जित हासिल गर्यो । तर खेलमा मार्टिन ओडेगार्ड र बुकायो साकाले चोट बेहोरेका छन्।

खेल सुरु हुनु अघि एबेरेची एजेलाई एमिरेट्स स्टेडियममा समर्थकमाझ प्रस्तुत गरिएको थियो । नयाँ अनुहार ग्योकेरेसले पनि गोल गर्दै प्रभावशाली जितमा चम्के।

त्यसैले यो दिन आर्सनल समर्थकका लागि प्रायः उत्सवकै दिन बन्यो। तर कप्तान ओडेगार्ड पहिलो हाफ पूरा हुनुभन्दा अघि दायाँ काँध समाउँदै मैदानबाट बाहिरिनुपर्‍यो।

३४ औं मिनेटमा जुर्रियन टिम्बरले गोल गरे। त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा साकाले आर्सनलको दोस्रो गोल गरेका थिए।

ग्योकेरेस ४८ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। त्यसको केही समयमै साका पनि ह्यामस्ट्रिङको समस्याले मैदान छाड्न बाध्य भए। टिम्बरले ५६ औं मिनेटमा चौथो गोल थपे। पाँचौं गोल भने ग्योकेरेसले इन्ज्युरी समयमा पाएको पेनाल्टीमार्फत गरे।

अब अर्को खेलमा आर्सनलले च्याम्पियन लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ। आर्सनल त टोटेनहमको समान ६ अंक भएको छ।

शनिवारका अन्य खेलमा बर्नलीले सन्डरल्यान्डलाई २-० ले, बोर्नमाउथले १० खेलाडीमा सिमित वल्भ्सलाई र बेन्टफोर्डले एस्टन भिल्लालाई समान १-० ले हराएको छ। दिनको पहिलो खेलमा टोटनहमले म्यानचेस्टर सिटीलाई २-० ले पराजित गरेको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.