3 months ago
August 24, 2025
एजेन्सी – बार्सिलोनाले स्पेनिस लिगमा शनिवार लेभान्तेसँग २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै ३-२ को जित निकालेको थियो।
इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक दिलाएको हो। लेभान्तेले पहिलो हाफमा २-० को अप्रत्याशित अग्रता बनाएको थियो। लेभान्तेका स्ट्राइकर इभान रोमेरोले १५ औं पहिलो गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा भने होम टिमका जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे। भिएआरमा एलेजान्ड्रो बाल्डेको ह्यान्डबल पुष्टि गरेपछि लेभान्तेलाई पेनाल्टी दिइएको थियो।
दोस्रो हाफको सुरुआतमै पेड्री गोन्जालेज र फेरेन टोरेसले गोल गरेपछि बार्सिलोना खेलमा फर्कियो।
४९औं मिनेटमा लामिन यमलको पासलाई पेड्रीले गोल गरे। ५२ औं राफिन्हाको कर्नरलाई भलिमा फेरेन टोरेसले बराबरी गोल गरे।
इन्ज्युरी समय लेभान्तेका उनाई एल्गेजाबालले आत्मघाती गोल गरेपछि बार्सिलोनाले लगातार दोस्रो जित निश्चित गर्यो।
शनिवार नै रियल बेटिसले अलाभेसलाई १-० ले हराएको छ । एट्लेटिको म्याड्रिडले लगातार दोस्रो खेलमा अंक गुमाएको छ।
एट्लेटिको र एल्चेले १-१ को बराबरी खेल्यो। अर्को खेलमा मल्लोर्काले सेल्टा भिगोसँग अन्त्यति १-१ को बराबरी खेलेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]