default_image

4 months ago

August 24, 2025

नेपालविरुद्धको पहिलो हाफमा बंगलादेशको अग्रता

359 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल विरूद्ध बंगलादेशले पहिलो हाफमा २-० को अग्रता बनाएको छ।

भुटानको थिम्पुमा जारी खेलमा दुई पटकको विजेता बंगलादेश पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन।

नेपालकी गोल किपर लक्ष्मी ओलीले पनि सानदार बचावट गरिन्। बंगलादेशका खेलाडीहरूको करिब आधा दर्जन प्रहारलाई उनले बचाइन्।

तर ४१ औं मिनेटमा बक्सभित्रबाट थिनयुन मार्माले गोल गरिन्। त्यसपछि ४५ औं मिनेटमा सौरवी अकान्डा प्रितीको गोलमा बंलादेशलके पहिलो हाफमा २-० को अग्रता बनायो।

बंगलादेश र नेपाल दुवै दोस्रो जितको खोजीमा छन्। तुलनात्मक रूपमा बलियो बङ्गलादेशले भुटानलाई ३-१ ले हराउँदा भारतसँग २-० को हार भोगेको थियो।

नेपालले भारतसँग ७-० को हारबाट प्रतियोगिताको सुरुवात गर्दा दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै भुटानलाई २-१ ले हराएको थियो।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.