default_image

3 months ago

August 24, 2025

बंगलादेशसँग नेपाल पराजित

823 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ। बंगलादेशले नेपाललाई ३-० ले हराएको छ। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति र रेहाले गोल गरे।

भुटानको थिम्पुमा भएको खेलमा दुई पटकको विजेता बंलादेशले पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन । नेपालकी गोल किपर लक्ष्मी ओलीले पनि सानदार बचाउ गरिन्। बंलादेशका खेलाडीको करिब आधा दर्जन प्रहारलाई उनले बचाइन्।
तर ४१ औं मिनेटमा बक्सभित्रबाट थिनयुन मार्माले गोल गरिन्। र्यसपछि ४५ औं मिनेटमा सौरवी अकान्डा प्रीतिको गोलमा बंलादेशले पहिलो हाफमा २-० को अग्रता बनायो।

नेपाल दोस्रो हाफमा खेलमा फर्कन सकेन । निर्धारित ९० मिनेटमा बंलादेशले पनि थप गोल गर्न सकेन । तर इन्ज्युरी समयमा रेहाको गोसँगै बंगलादेशले ३-० को जित दर्ज गर्यो।
यो महत्वपुर्ण जितमा ३ अंक जोडेको छ। तीन खेलमा बंगलादेशले ६ अंक बनाएको छ। यसअघि बंगलादेशले भुटानलाई ३-१ ले हराउँदा भारतसँग २-० को हार भोगेको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.