default_image

3 months ago

August 25, 2025

म्यानचेस्टर युनाइटेड र फुलहमको बराबरी

228 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको दोस्रो खेलमा पनि जित निकाल्न सकेन । युनाइटेड आइतवार फुलहमसँग १-१ को बराबरीमा रोकिएको हो। फुलहमले पहिलो खेलमा पनि बराबरी खेलेको थियो।

क्रेभेन कटीजमा भएको खेलमा पहिलो हाफमै युनाइटेडले गोल गर्ने ठूलो मौका पायो। तर क्याल्भिन बास्सीले मेसन माउन्टमाथि गरेको फाउलबाट प्राप्त पेनाल्टी कप्तान ब्रुनो फर्नान्डेजले गुमाए।

५८औँ मिनेटमा लेनी योरोजको हेडर रोड्रिगो मुनीजको ढाडमा लागेर नेटभित्र पुगेपछि युनाइटेडले अग्रता लियो। तर त्यो खुशी लामो समय टिकेन। ७३ औं मिनेटमा फुलहमले बराबरी गोल फर्कायो।

मैदानमा प्रवेश गरेको दोस्रो मिनेटमा नै परिवर्तित ९४ एमिल स्मिथ रोले एलेक्स इवोबीको क्रसलाई गोलमा परिणत गर्दै बराबरीमा गरे।

फुलहमले गत हप्ता पनि ब्राइटन एन्ड होभ एल्बियनसँग १-१ को नतिजा निकालेको थियो। युनाइटेडले आर्सनलसँगको खेल १-० ले गुमाएको थियो।

म्याथेउस कुन्हाले फुलहमका लागि गोल गर्ने केही अवसर गुमाए । युनाइटेडका ह्यारी म्याग्वाएर र जोआखिम एन्डर्सनले अन्तिमतिर गोल गर्ने मौका खेर फाले।

आइतवारका अन्य खेलमा एभर्टनले ब्राइटनलाई २-० ले हरायो । क्रिस्टल प्यालेस र नटिङघम फरेस्टले १-१ को बराबरी खेले।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.