default_image

3 months ago

August 25, 2025

रियलको जितमा एमबाप्पेको २ गोल

453 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोले आइतवार स्पेनिस ला लिगामा ओभिएदोविरुद्ध भिनिसियस जुनियरलाई बेन्चमा राखेर सुरुआत गरे।

तर ब्राजिलियन स्टार दोस्रो हाफमा मैदानमा गरेपछि निर्णायक भूमिका खेले । एक गोलका लागि असिस्ट गरे भने अर्को गोल आफैं गरे । जसले रियललाई ३-० को जित दिलायो। फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेले रियलका लागि २ गोल गरे।

रियल ला लिगामा पहिलो २ खेलमै जित हासिल गर्ने ३ क्लबमध्ये एक बनेको छ। तर शीर्ष स्थान भिल्लारियलले लिएको छ। दोस्रो जित निकाल्ने क्रममा भिल्लारियलल गिरोनाविरुद्ध ५–० को सानदार जित दर्ता गर्‍यो।

ओसासुनाले भ्यालेन्सियालाई १-० ले हरायो ।एस्पान्योलविरुद्ध २-० ले पछि परेको खेललाई रियल सोसिडाडले २-२ को बराबरी गर्न सफल भएको छ।

भिनिसियसको ठाउँमा उनको ब्राजिलियन सहकर्मी रोड्रिगोले सुरुवात गराइएको थियो। रोड्रिगोले जुनमा भएको क्लब वर्ल्ड कपको उद्घाटन खेलपछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलको सुरुआत गरेका थिए। पहिलो हाफमा रियल हाबी हुँदा रोड्रिगोले दुई–तीन अवसरमा गोल नजिक ल्याए।

तर गोल भने अर्को स्टार फरवार्डले एमबाप्पेले गरे । ३७ औं मिनेटमा आर्दा गुलेरको पासलाई एम्बाप्पेले उत्कृष्ट रूपमा नियन्त्रण गर्दै गोल गरे।

पहिलो हाफमा नवप्रवेशी घरेलु टोली ओभिएदोको एक मात्र प्रहारका विरुद्ध रियलले १७ प्रहार गर्‍यो। ६३औं मिनेटमा रोड्रिगोको ठाउँमा मैदान प्रवेश गरेका भिनिसियसले ८३औं मिडफिल्डमा बल खोसेर एम्बाप्पेलाई पास दिए। त्यसमा उनले दोस्रो गोल थपे।

इन्जुरी समयमा भिनिसियसले काउन्टर अट्याकमा गोलगरेपछि रियल ३-० ले विजयी भयो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.