3 months ago
August 25, 2025
एजेन्सी – युभेन्टसले सिरी ए को पहिलो खेलमा पार्मामाथि २-० को जित हात पारेको छ।
जोनाथन डेविडले डेब्यु खेलको ५९औं मिनेटमा केनान यिल्दिजको क्रसमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
८३औं मिनेटमा डिफेन्डर आन्द्रेया क्याम्बियासो रातो कार्ड खाँदा युभेन्टस १० खेलाडीमा झरेको थियो। तर त्यसको एक मिनेटमै परिवर्तित खेलाडी डुसान भ्लाहोभिचले काउन्टर-आक्रमणमा गोल गर्दै परिणाम पक्का गरे।
यिल्दिजले दुवै गोलमा असिस्ट गरे भने आफैं पनि गोल नजिक पुगेका थिए । तर उनको प्रहार पार्माका गोलकिपर जिओन सुजुकीले रोकिदिए। पार्माले बलियो डिफेन्स गरे पनि अन्ततः हार बेहोर्यो।
अर्को खेलमा, कोमोले लाजियोलाई २-० ले हरायो। ग्रीक स्ट्राइकर अनास्टासिओस डोउभिकासले ४७ औं मिनेटमा पहिलो गोल गरे । ७३औं मिनेटमा निको पाजले ३० यार्ड टाढाबाट फ्रि-किकमा गोल गर्दै जित निश्चित गरे। एटलान्टा र पिसोले १-१ को बराबरी खेले।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]