default_image

3 months ago

August 25, 2025

ताप्लेजुङ गोल्डकप – टिकटबाट ३२ लाख भन्दा बढी संकलन

412 views

0 Bookmark

दिपक बोहरा,ताप्लेजुङ

गत महिना भएको तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ३२ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ।

भानुजन माविको मैदानमा साउन २४ देखि ३१ गते सम्म भएको गोल्डकपमा कुल ३२ लाख ४६ हजार ७ सय रुपैयाँको टिकट बिक्री भएको बताइएको छ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजना गरिएको यस संस्करणमा टिकट बिक्री ठेक्का प्रक्रियामार्फत गरिएको थियो। टिकट बिक्रीको ठेक्का मेरिङदेन गाउँपालिकाका विशाल लङ्वा लिम्बूले पाएका थिए।

समितिका कोषाध्यक्ष दावा शेर्पाले ४ क्वाटर फाइनलमा ९ लाख ६१ हजार ५ सय,२ सेमिफाइनलमा ७ लाख ८५ हजार २ सय र फाइनलमा मात्र १५ लाख रुपैयाँको टिकट बिक्री भएको हो।

क्वाटरफाइनलतर्फ पहिलो दिन ३ लाख २३ हजार ९ सय, दोस्रो दिन १ लाख ८५ हजार ५ सय, तेस्रो दिन २ लाख २८ हजार ५ सय र चौथो दिन २ लाख २३ हजार ६ सय रुपैयाँ बराबरको टिकट बिक्री भएको थियो। क्वाटरफाइनलमा प्रति टिकट १ सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै सेमिफाइनलमा २ सय रुपैयाँ टिकट दर तोकिएको थियो । पहिलो सेमिफाइनलमा १ हजार ६२५ दर्शकले टिकट काटी ३ लाख २५ हजार रुपैयाँ संकलन भएको थियो।

वर्षाका कारण सो दिन अपेक्षाकृत कम टिकट बिक्री भएको बताइएको छ। दोस्रो सेमिफाइनलमा २ हजार ३ सय १ दर्शकबाट ४ लाख ६० हजार २ सय रुपैयाँ बराबरको टिकट बिक्री भएको समितिले जनाएको छ।

फाइनलमा आयोजकले छापेको ६ हजारै प्रति टिकट बिक्री भएको थियो। प्रत्येक टिकट २ सर ५० रुपैयाँमा बिक्री भई कुल १५ लाख रुपैयाँ संकलन भएको हो।

प्यारापिटको क्षमता अनुसार सीमित संख्यामा मात्र टिकट छापिएकोमा सो दिन दर्शकको चाप बढ्दा टिकट अभावसमेत भएको आयोजकले जनाएको छ।

टिकट काट्ने दर्शकमध्ये गोलाप्रथाबाट हरेक दिन एकजनालाई स्मार्ट मोबाइल उपहारसमेत दिइएको थियो। सिराहाको सलहेश युवा क्लबले उपाधि जित्दै ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गर्यो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.