3 months ago
August 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला लिग च्याम्पियन नेपाल एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिग समूह चरणको सुरुवात गर्दैछ।
एपिएफले घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफ आज प्रतिस्पर्धा गर्दैछन्। समूह ‘बी’ अन्तर्गत हुने खेल मार्काजी रंगशालामा नेपाली समयअनुसार बेलुकी ९ः१५ बजे सुरु हुनेछ।
गत संस्करणमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नासाफले एपिएफलाई १-० ले हराएको थियो।
अघिल्लो चरण प्रवेशको दाबेबारी प्रस्तुत गर्न एपिएफले डिफेन्स बलियो बनाउने क्रममा नेपाल पुलिस क्लबकी समीक्षा घिमिरे र त्रिभुवन आर्मी फुटबल क्लबकी विमला विकलाई टोलीमा आबद्ध गरेको छ।

हिरा कुमारी भुजेल चोट मुक्त भएर टोलीमा सामेल भएकी छिन्। लिग च्याम्पियन हुँदा ग्रिस क्लबमा आबद्ध गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि टोलीमा फर्केकी छिन्।
एपिएफकी मिडफिल्डर प्रीति राई यो सिजन जोर्डनको इत्तिहाद क्लबमा आबद्ध भएका कारण यो पटक टोलीमा हुने छैनन्। आजै उनले डेब्यू गरेको च्याम्पियन्स लिग समूह ‘बी’ को खेलमा इत्तिहाद सिंगापुरको लायन सिटीसँग २-० ले पराजित भएको छ।
च्याम्पियन्स लिगका लागि एपिएफले पुलिसका चेतन घिमिरेलाई मुख्य प्रशिक्षकका रुपमा आबद्ध गरेको छ।
समूह ‘बी’ अन्तर्गत नासाफ र अल नासर पनि छन् । समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]