3 months ago
August 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा एपिएफ फुटबल क्लब विरुद्ध घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफले पहिलो हाफमा ३-० को अग्रता बनाएको छ।
खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २-० अग्रता बनायो। खाबीबुल्लेहा चियो राखोनले खेलको १३ औं र १६ औं मिनेटमा गोल गरिन्।
एपिएफल गोल फर्काउन सकेन । यता नासाफको लागि माफतुना सोयिमोभाले ३३ औं मिनेटमा गोल गरिन्। पहिलो हाफमा एपिएफलाई नासाफले ३-० ले पछि पारेको छ।
गत संस्करणमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नासाफले एपिएफलाई १-० ले हराएको थियो। समूह ‘बी’ मा एपिएफ सँगै नासाफ र अल नासर पनि छन् । समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]