default_image

4 months ago

August 25, 2025

पहिलो हाफमा एपिएफ पछाडि

585 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा एपिएफ फुटबल क्लब विरुद्ध घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफले पहिलो हाफमा ३-० को अग्रता बनाएको छ।

खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २-० अग्रता बनायो। खाबीबुल्लेहा चियो राखोनले खेलको १३ औं र १६ औं मिनेटमा गोल गरिन्।

एपिएफल गोल फर्काउन सकेन । यता नासाफको लागि माफतुना सोयिमोभाले ३३ औं मिनेटमा गोल‌ गरिन्। पहिलो हाफमा एपिएफलाई नासाफले ३-० ले पछि पारेको छ।

गत संस्करणमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नासाफले एपिएफलाई १-० ले हराएको थियो। समूह ‘बी’ मा एपिएफ सँगै नासाफ र अल नासर पनि छन् । समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.