default_image

3 months ago

August 25, 2025

एपिएफ पहिलो खेलमा पराजित

768 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले हारबाट एएफसी महिला च्याम्पियन्स लिग समूह चरणको यात्रा सुरु गरेको छ।

घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफसँगको आज भएको आफ्नो पहिलो खेल एपिएफले ३-० ले गुमाएको छ ।

एपिएफ पहिलो हाफमा ३-० ले पछि परेको थियो। खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २-० अग्रता बनायो। खाबिबुल्लेहा चियो राखोनले खेलको १३ औं र १६ औं मिनेटमा गोल गरिन्।

लारिनाले हानेको लङ रेन्ज पावरफुल प्रहार क्रसबारमा लागेर फर्केको बललाई खाबिबुल्लेहा दियोराखोनले पहिलो गोल गरिन्। अनमार्क रहेकी खाबिबुल्लेहाले नै बक्स भित्रबाट दोस्रो गोल गरिन्।

नासाफको लागि माफतुना सोयिमोभाले ३३ औं मिनेटमा गोल‌ गरिन्। पेनाल्टी बक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भयो।

पहिलो हाफ लिएको ३-० को अग्रतालाई जोगाउन नाफाज सफल रह्यो । लगातार दोस्रो संस्करणमा नाफाज एपिएफलाई हराउन सफल रह्यो ।

गत संस्करणमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नासाफले एपिएफलाई १-० ले हराएको थियो। समूह ‘बी’ मा एपिएफ सँगै नासाफ, सिओएएस र अल नासर पनि छन् ।

आज भएको पहिलो खेलमा सिओएएसले अल नासरलाई २-० ले हरायो। एपिएफले बिहीवार सिओएएसको सामना गर्नेछ। समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.