default_image

3 months ago

August 26, 2025

रोमान्चक खेलमा लिभरपुलको जित

378 views

0 Bookmark

एजेन्सी – साविक विजेता लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।

१६ वर्षीय रियो एनगुमोहाले लिभरपुल क्लबको इतिहासमै सबैभन्दा कान्छो गोलकर्ता बनेको खेलमा सोमवार न्युक्यासल युनाइटेडलाई ३-२ ले हराएको छ ।

स्टेन्स जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा न्युक्यासलले आक्रामक सुरुवात गरे पनि ३५औं मिनेटमा रायन ग्राभेनबर्चको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपछि लिभरपुल १-० ले अघि बढ्यो।

त्यसपछि पहिलो हाफकै इन्जुरी समयमा एन्टोनी गोर्डनले भर्जिल भान डाइकमाथि ट्याकल गर्दा रातो कार्डको सामना गरेपछि न्युक्यासल १० खेलाडीमा सीमित भयो।

दोस्रो हाफ सुरु भएको ३० सेकेन्डमै ह्युगो एकिटिकेले गोल गर्दा लिभरपुलले अग्रता दोब्बर पार्यो । तर खेल यतिमै रोकिएन।

५७औं मिनेटमा न्युक्यासलका कप्तान ब्रुनो गुइमारेसले डाइभिङ हेडरमार्फत गोल फर्काए। त्यसपछि ८८औं मिनेटमा विलियम ओसुलाले गोल गर्दै खेललाई २-२ मा पर्याए।

बराबरीतर्फ उन्मुख खेलको इन्ज्युरी समयको १०औं मिनेटमा १६ वर्ष ३ सय ६१ दिनका एनगुमोहाले निर्णायक गोल गर्दै लिभरपुललाई जिताए।

त्यो गोलले एनगुमोहालाई क्लब इतिहासको सबैभन्दा कान्छो गोलकर्ता मात्र होइन, प्रिमियर लिग इतिहासमै चौथो कान्छो गोलकर्ता पनि बनायो। यसअघि जेम्स भोन, जेम्स मिल्नर र वेन रुनीले मात्र यसभन्दा कान्छो उमेरमा गोल गरेका थिए।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.