3 months ago
August 26, 2025
एजेन्सी – साविक विजेता लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।
१६ वर्षीय रियो एनगुमोहाले लिभरपुल क्लबको इतिहासमै सबैभन्दा कान्छो गोलकर्ता बनेको खेलमा सोमवार न्युक्यासल युनाइटेडलाई ३-२ ले हराएको छ ।
स्टेन्स जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा न्युक्यासलले आक्रामक सुरुवात गरे पनि ३५औं मिनेटमा रायन ग्राभेनबर्चको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपछि लिभरपुल १-० ले अघि बढ्यो।
त्यसपछि पहिलो हाफकै इन्जुरी समयमा एन्टोनी गोर्डनले भर्जिल भान डाइकमाथि ट्याकल गर्दा रातो कार्डको सामना गरेपछि न्युक्यासल १० खेलाडीमा सीमित भयो।
दोस्रो हाफ सुरु भएको ३० सेकेन्डमै ह्युगो एकिटिकेले गोल गर्दा लिभरपुलले अग्रता दोब्बर पार्यो । तर खेल यतिमै रोकिएन।
५७औं मिनेटमा न्युक्यासलका कप्तान ब्रुनो गुइमारेसले डाइभिङ हेडरमार्फत गोल फर्काए। त्यसपछि ८८औं मिनेटमा विलियम ओसुलाले गोल गर्दै खेललाई २-२ मा पर्याए।
बराबरीतर्फ उन्मुख खेलको इन्ज्युरी समयको १०औं मिनेटमा १६ वर्ष ३ सय ६१ दिनका एनगुमोहाले निर्णायक गोल गर्दै लिभरपुललाई जिताए।
त्यो गोलले एनगुमोहालाई क्लब इतिहासको सबैभन्दा कान्छो गोलकर्ता मात्र होइन, प्रिमियर लिग इतिहासमै चौथो कान्छो गोलकर्ता पनि बनायो। यसअघि जेम्स भोन, जेम्स मिल्नर र वेन रुनीले मात्र यसभन्दा कान्छो उमेरमा गोल गरेका थिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]