default_image

3 months ago

August 26, 2025

नेयमार र भिनिसियस विश्व कप छनोट टोलीमा परेनन्

2457 views

0 Bookmark

एजेन्सी – विश्व कप छनोटको सेप्टेम्बरमा हुने अन्तिम २ खेलका लागि नेयमार ब्राजिलियन फुटबल टोलीमा परेनन् ।

ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सेप्टेम्बरमा हुने विश्व कप छनोटका अन्तिम दुई खेलका लागि घोषणा गरिएको २३ सदस्यीय टोलीमा नेयमार र भिनिसियस जुनियरलाई समावेश गरेका छैनन्।

ब्राजिलले सेप्टेम्बर ४ मा घरेलु मैदानमा चिली र सेप्टेम्बर ९ मा बोलिभियाविरुद्ध उसकै मैदानमा खेल्नेछ। ब्राजिल पहिले नै विश्वकपका लागि छनोट भइसकेको छ।

३३ वर्षीय नेयमारलाई खुट्टाको मांसपेशी चोटका कारण टोलीमा नपारिएको हो। यसअघि पनि उनी चोटकै कारण एन्सेलोटीको पहिलो टोलीमा परेका थिएनन्।

घुँडाको लिगामेन्टमा गम्भीर चोटका कारण उनले अक्टोबर २०२३ पछि राष्ट्रिय टोलीका लागि खेल्न सकेका छैनन् । प्रशिक्षक एन्सेलोटीले नेयमार भविष्यमा फर्किन सक्ने सम्भावना राखे पनि फिटनेस सुधार्नुपर्ने बताएका छन्।

रियल म्याड्रिडका भिनिसियसलाई भने आराम दिइएको हो। क्लब विश्वकप र ला लिगाको व्यस्त खेल तालिकाका कारण उनलाई आराम दिइएको विश्वास गरिएको छ।

यस्तै, रियलकै एदर मिलिताओ पनि विश्राम दिइएको छ । रोड्रिगो र एन्ड्रिकलाई भने प्रदर्शनको आधारमा टोलीमा राखिएको छैन।

२३ सदस्यीय ब्राजिल टोली

अलिसन, बेन्टो, हुगो सौजा, अलेक्जान्द्रो रिबेरो, एलेक्स सान्ड्रो, काइओ हेन्रिक, डग्लास सान्टोस, फाब्रिसियो ब्रुनो, गाब्रिएल म्यागाल्हाएस, मार्किन्होस, भ्यान्डरसन, वेज्ले, एन्ड्रे सान्टोस, ब्रुनो गुइमारेस, कासेमिरो, जोएलिन्टन, लुकास पाकेता, एस्टेभाओ, गाब्रिएल मार्टिनेली, जोआओ पेद्रो, काइओ जोर्ज, लुइज हेन्रिक, माथेउस कुञ्हा, राफिन्हा, रिचार्लिसन।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.