default_image

3 months ago

August 27, 2025

नेपाल र बंगलादेश खेल्दै

829 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भुटानमा जारी साफ यु १७ महिला च्याम्पियनसिपमा आज अर्को प्रतिस्पर्धा गर्दैछ।

थिम्पुस्थित चाङलिमिथाङमा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। यसअघिका ३ मध्ये २ खेलमा‌ हार बेहोरेको नेपालले १ खेलमा‌ जितेको थियो।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज जितको दबाबमा नेपली टोली हुनेछ। उपाधि जित्ने सपनलाई कायमै राख्न बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई माथ दिन नेपालले सुधारिएको प्रदर्शन गर्न जरुरी छ।

डिफेन्सलाई चुस्त बनाउने र गोल गर्ने अवसर सिर्जना गर्ने चुनौती युवा खेलाडीलाई रहेको छ। बंगलादेशसँग हारेको पहिलो खेलमा डिफेन्समा नेपाल कमजोर देखिएको थियो।

नेपालसँगको पहिलो लेगमा बंगलादेशले निरन्तर दबाब बनाएको थियो। बंगलादेशको‌ त्यो रणनीति तोड्न नेपाली प्रशिक्षकलाई‌ पनि चुनौती रहनेछ। किनकी बराबरी या हारको अर्थ नेपालको उपाधि यात्रामा पूर्णबिराम लाग्नु हो।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरमा हार्दा दोस्रो खेलमा कमब्याक गर्दै घरेलु टोली भुटानलाई २-१ ले हराउन सफल भएको थियो।

तेस्रो खेलमा बंगलादेशसँग ३-० को हार बेहोरेको थियो। ३ खेलमा नेपालले मात्र ३ अंक बनाएको छ। नेपालले ११ गोल खाँदा मात्र २ गोल गरेको छ। यसले नेपाली फर्वाडलाई पनि गोल गर्ने दबाब रहनेछ।

दुई पटकको विजेता बंगलादेशले भुटानलाई ३-१ ले पराजित गरेको थियो भने भारतसँग भने २-० को हार बेहोरेको थियो। ३ खेलमा बंगलादेशले ६ अंक छ। प्रमुख दाबेदार भारतले भने लगातार ३ जितेर ९ अंक बनाएको छ।

प्रतियोगितामा दक्षिण एसियाका ४ राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले सहभागीता जनाएका छन्।‌ डबल राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष टोली च्याम्पियन बन्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.