3 months ago
August 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ महिला च्याम्पियनसिपमा आज दुई पटकको विजेता बंगलादेशसँग ४-१ ले पराजित गरेको छ। यो हारमा नेपालको उपाधि जित्ने संभावना समाप्त भएको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाललाई शीर्ष स्थानमा पुग्न जितको विकल्प थिएन। तर खेलमा बंगलादेश सुरुवात देखि नै हाबी रह्यो।
३८ औं मिनेटमा एकल प्रयासमा थुइननुयी मार्माले गोल गरिन्। बंगलादेशले पहिलो हाफको अन्त्यमा अग्रता दुगुना गर्यो। मानोमी चक्माको क्रसमा बक्सभित्रबाट सौरवी अकान्डा प्रीतिले गोल गरिन्।
२-० ले पछि परेको नेपालले पहिलो हाफ इन्ज्युरी समयमा एक गोल फर्कायो। बतिकाको कर्नरमा क्लियर हुन नसकेको बलमा कप्तान भूमिका बुढाथोकीले गोल गरिन्। पहिलो हाफ बंगलादेशको पक्षमा २-१ को नतिजामा सकियो।
दोस्रो हाफको सुरुमै भूमिकाले बराबरी गर्ने अवसर गुमाइन् । उनको प्रहार पोस्ट नजिकबाट बाहिरियो।
खेलको ७१ औं मिनेटमा बंगलादेशले तेस्रो गोल गर्यो। मामोनी चक्माको क्रसमा सौरवीले व्यक्तिगत दोस्रो गोल गरिन्।
बंगलादेशले ३-१ को आरामदायी अग्रता बनायो।
८६ औं मिनेटमा पूर्णिमा मार्माको पासमा सौरवीलेन गोल गर्दै ह्याट्रिक पूरा गरिन्। योसँगै बंगलादेशले ४-१ को जित हात पारेको छ।
नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरमा हार्दा दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली भुटानलाई २-१ ले हराउन सफल भएको थियो। तेस्रो खेलमा बंगलादेशसँग ३-० को हार बेहोरेको थियो। ४ खेलमा नेपालले मात्र ३ अंक बनाएको छ।
बंगलादेशले यसअघि भुटानलाई ३-१ र नेपाललाई ३-० ले हराउन सफल भैसकेको छ। भारतसँग भने २-० को हार बेहोरेको थियो। ४ खेलमा बङ्गलादेशले ९ अंक जोडेको छ।
प्रतियोगितामा दक्षिण एसियाका ४ राष्ट्र नेपाल, भुटान, बङ्गलादेश र भारतले सहभागीता जनाएका छन्। डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग दुई खेल खेल्नेछन्। अंक तालिकाको शीर्षस्थानमा रहने टिमले उपाधि जित्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]