default_image

3 months ago

August 28, 2025

युनाइटेडको लज्जास्पद हार

358 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरिएको छ। प्रिमियर लिगका सुरुवाती २ खेलमा जित निकाल्न नसकेको युनाइटेड बुधवार चौथो श्रेणीको ग्रिम्सबीसँग पेनाल्टी सुटआउटमा १२-११ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

२-२ को बराबरी पछि पेनाल्टीमा युनाइटेड पराजित भयो । २-० ले पछि परेको खेलको अन्तिम समयमा युनाइटेडले बराबरी गरेको थियो।

चार्ल्स भर्नाम २२ औं र टाइरेल वारेनले ३०औं गोल गर्दै ग्रिम्सबीलाई पहिलो हाफमा २-० ले अघि बढाए। युनाइटेडका गोलकिपर आन्द्रे ओनानाको गल्तीमा दोस्रो गोल सहजै भएको हो।

दोस्रो हाफमा प्रशिक्षक रुबेन अमोरिमले ब्रुनो फर्नान्डेस, ब्रायन एमबेमो र म्याथाइस डि लिग्टलाई मैदानमा उतारेपछि युनाइटेड खेलमा फर्कियो। एमबेमोले ७५औं फर्काए र अन्तिम मिनेटमा ८९औं ह्यारी म्याग्वायरले बराबरी गोल गरे।

तर पेनाल्टीमा युनाइटेड चुक्यो। म्याथियस कुन्हाले पाँचौं पेनाल्टीमा गोल गर्न सकेनन् । एमबेमोको अर्को प्रहार बारमा लाग्यो। अन्ततः ग्रिम्सबीले १२–११ को जित निकाल्दै प्रतियोगिताको इतिहासकै ठूलो जित निकाल्यो।

प्रिमियर लिग क्लबहरूले प्रायः सहज जित निकाले भने केही खेलमा तल्लो डिभिजनका क्लबहरूले आश्चर्यजनक नतिजा ल्याए।

एभर्टनले म्यान्सफिल्ड टाउनलाई २-० ले हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित गर्‍यो। फुलहमले ब्रिस्टल सिटीमाथि २-० को जित निकाल्यो। ब्राइटनले भने ठूलो अन्तरको जित निकाल्ने क्रममा अक्सफोर्ड युनाइटेडलाई ६-० ले पराजित गर्‍यो।

वुल्भ्सले वेस्ट ह्यामलाई ३-२ ले र मिलवालले कोभेन्ट्री सिटीलाई २-१ ले हरायो। स्वान्सीले प्लायमाउथसँग १-१ को बराबरीपछि पेनाल्टीमा ५-३ को जित निकाल्यो।

त्यस्तै वेरक्सह्यामले प्रेस्टन नर्थ एन्डलाई ३–२ ले हराउँदै ठूलो नतिजा निकाल्यो। सेफिल्ड वेडनेसडे र लिड्स युनाइटेडको खेल १-१ को बराबरीमा सकिए पनि पेनाल्टीमा सेफिल्ड वेडनेसडे ३-० ले विजयी भयो।

पोर्ट भेलले बर्मिङ्हम सिटीलाई १-० ले पराजित गर्‍यो।
ब्रेन्टफोर्डले बोर्नमाउथलाई २-० ले हरायो। बर्न्लीले डर्बी काउन्टीमाथि २-१ को जित निकाल्यो। ब्राडफोर्ड सिटीले स्टोक सिटीलाई र कार्डिफ सिटीले चेल्टेनह्यामलाई समान ३-० ले पराजित गर्‍यो।

तेस्रो चरणमा अब आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम जस्ता ठूला क्लब पनि प्रतियोगितामा प्रवेश गर्नेछन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.