default_image

3 months ago

August 28, 2025

पहिलो हाफमा एपिएफ पछि

610 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणको पहिलो हाफमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले एपिएफ फुटबल क्लबविरुद्ध २-० को अग्रता बनाएको छ।

उज्वेकिस्तानको कार्सी स्टेडियममा जारी प्रतियोगितामा एपिएफकी रश्मी कुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन्।

खेलको ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो। क्लोज रेन्जबाट कानियानाथ क्षतबुक्तरले गोल गरिन्।

पहिलो हाफको इन्ज्युरी समयमा कानियानाथले टिमको अग्रता दुगुना गरिन्। दुई डिफेन्डरलाई बिट गर्दै किपर एन्जिला तुम्बाप्पो सुब्बालाई चिप गरेको बल गोलमा परिणत भयो। यो गोलमा स्कोलर्सले पहिलो हाफमा २-० को अग्रता बनायो।

एपिएफ पहिलो जितको खोजीमा छ। एपिएफ पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफसँग ३-० ले पराजित भएको थियो।

समूह ‘बी’ मा एपिएफ सँगै कलेज अफ एसियन स्कोलर्स, एफसी नासाफ र अल नासर पनि छन् । समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.