3 months ago
August 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ।
थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले आज एपिएफलाई ४-० ले हरायो । स्कोलर्सको जितमा सबै गोल कानियानात क्षतबुक्तरले गरिन्। लगातारको दोस्रो हारमा एपिएफ समूह चरणबाट बाहिरिएको छ।
उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफकी रश्मिकुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन्।
खेलको ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो। क्लोज रेन्जबाट कानियानातले गोल गरिन्।
पहिलो हाफको इन्ज्युरी समयमा कानियानातले अग्रता दुगुना गरिन्। दुई डिफेन्डरलाई बिट गर्दै किपर एन्जिला तुम्बाप्पो सुब्बालाई चिप गरेको बल गोलमा परिणत भयो। यो गोलमा स्कोलर्सले पहिलो हाफमा २-० को अग्रता बनायो।

एपिएफले दोस्रो हाफमा पनि सुधारिएको प्रदर्शन गर्न सकेन । ५५ औं मिनेटमा कानियानातले ह्याट्रिक पूरा गरिन्। गीता रानाले क्लियर गर्न नसकेको बलमा किपर एन्जिलासँगको वान भर्सेज वानमा कानियानातले सहजै गोल गरिन्।
खेलको ६३ औं मिनेटमा तामोवान रक्षाफाप्दीको क्रसमा किपर एन्जिलाले रोके पनि रिबाउन्डमा कानियानातले गोल गरिन्।
नेपालको लिग विजेता एपिएफ आजको खेलमा सबै पक्षमा चुक्यो। कमजोर डिफेन्स हारको प्रमुख कारण बन्यो। मिड र फरर्वाडलाइन पनि निराशाजनक रहयो। ३ खेलमा एपिएफले ७ गोल खाँदा गोल गर्न सकेको छैन।
यसअघि पहिलो खेलमा एपिएफ घरेलुु टोली एफसी नासाफसँग ३-० ले हारेको थियो। एपिएफले यो छनोट दोस्रो पटक खेलेको हो। अहिलेसम्म गोल गर्न भने सकेको छैन्।
अब समूह चरणको आफ्नो अन्तिम खेल एपिएफले आइतवार साउदी अरेबियाको अल नासारसँग खेल्नेछ। समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]