3 months ago
August 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ।
थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले आज एपिएफलाई ४-० ले हरायो । स्कोलर्सको जितमा सबै गोल कानियानात क्षतबुक्तरले गरिन्। लगातारको दोस्रो हारमा एपिएफ समूह चरणबाट बाहिरिएको छ।
उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफकी रश्मिकुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन्।
खेलको ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो। क्लोज रेन्जबाट कानियानातले गोल गरिन्।
पहिलो हाफको इन्ज्युरी समयमा कानियानातले अग्रता दुगुना गरिन्। दुई डिफेन्डरलाई बिट गर्दै किपर एन्जिला तुम्बाप्पो सुब्बालाई चिप गरेको बल गोलमा परिणत भयो। यो गोलमा स्कोलर्सले पहिलो हाफमा २-० को अग्रता बनायो।

एपिएफले दोस्रो हाफमा पनि सुधारिएको प्रदर्शन गर्न सकेन । ५५ औं मिनेटमा कानियानातले ह्याट्रिक पूरा गरिन्। गीता रानाले क्लियर गर्न नसकेको बलमा किपर एन्जिलासँगको वान भर्सेज वानमा कानियानातले सहजै गोल गरिन्।
खेलको ६३ औं मिनेटमा तामोवान रक्षाफाप्दीको क्रसमा किपर एन्जिलाले रोके पनि रिबाउन्डमा कानियानातले गोल गरिन्।
नेपालको लिग विजेता एपिएफ आजको खेलमा सबै पक्षमा चुक्यो। कमजोर डिफेन्स हारको प्रमुख कारण बन्यो। मिड र फरर्वाडलाइन पनि निराशाजनक रहयो। ३ खेलमा एपिएफले ७ गोल खाँदा गोल गर्न सकेको छैन।
यसअघि पहिलो खेलमा एपिएफ घरेलुु टोली एफसी नासाफसँग ३-० ले हारेको थियो। एपिएफले यो छनोट दोस्रो पटक खेलेको हो। अहिलेसम्म गोल गर्न भने सकेको छैन्।
अब समूह चरणको आफ्नो अन्तिम खेल एपिएफले आइतवार साउदी अरेबियाको अल नासारसँग खेल्नेछ। समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]