3 months ago
August 29, 2025
एजेन्सी – लिभरपुल र म्यानचेस्टर सिटी दुवै टोलीले १५ पटकको विजेता रियल माड्रिडसँग च्याम्पियन्स लिगको लिग चरणमा भिड्ने भएका छन् ।
त्यस्तै टोटेनहम र न्युक्यासलले साविक विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग खेल्नेछन्।
च्याम्पियन्स लिगमा ३६ टोलीको सहभागिता छ। च्याम्पियन्स लिग नयाँ फर्म्याट गत सिजनबाट सुरु भएको हो। प्रिमियर लिगका ६ टोली पहिलो पटक च्याम्पियन्स लिग खेल्नेछन् ।
लिभरपुलले रियलसँगै खेल्नुका साथै, एट्लेटिको माड्रिड र गत सिजनको उपविजेता इन्टर मिलानसँग पनि खेल्नेछ। पेप गार्डियोलाको म्यानचेस्टर सिटीले नापोली र बोरुसिया डर्टमुन्डसँग भिड्नेछ।
नापोलीको एतिहाद स्टेडियम यात्रामा ६ पटक प्रिमियर लिग उपाधि जितेका केभिन डे ब्रुइने आफ्नो पुरानो क्लब फर्कने सम्भावना छ।
चेल्सीले बार्सिलोना र बायर्न म्युनिखजस्ता बलिया क्लबहरूसँग खेल्नुपर्नेछ। आर्सनलले पनि ह्यारी केनको बायर्न म्युनिख र इन्टरसँग खेल्नेछ।
पहिलो खेल सेप्टेम्बर १६ मा हुनेछ। अन्तिम लिग खेलहरु २०२६ जनवरी २८ मा हुनेछन्। खेल तालिका केही दिनमै सार्वजनिक हुने बताइएको छ। यो सिजनको फाइनल बुडापेस्टमा हुनेछ।




December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]