3 months ago
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई ५-० गोल अन्तरले हराएसँगै भारत तेस्रो पटक साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। भारतले यसअघि २०१८ र २०१९ मा उपाधि जितेको थियो।
यो जितमा ५ खेलबाट भारतले १५ अंक बनाउँदै एक खेल अगाडि नै उपाधि पक्का गरेको हो। अब भारत र बंगलादेशबीच हुने खेलको नतिजाको अर्थ हुनेछैन।बंगलादेशले ५ खेलबाट १० अंक बनाएको छ।
उपाधि होडबाट बाहिरिसकेको नेपाल भारत विरुद्धको दोस्रो खेलमा पनि निरिह बन्यो। भारतको जितमा पर्ल फर्नान्डेज र र दिव्यानी लिन्डाले समान २ गोल गर्दा निरा चानुले एक गोल थपिन्।
खेलको १५ मिनेटभित्र भारतले २ गोल गर्यो। निराले पाँचौं तथा पर्लले १५ औं र ४३ औं मिनेटमा गोल गर्दा भारतले पहिलो हाफमा ३-० को स्पष्ट अग्रता बनायो।
दोस्रो हाफमा पनि नेपाल विरूद्ध आक्रमक खेल खेलेको भारतको लागि दिव्यानीले ७९ औं र इन्ज्युरी समयमा गोल गरिन्। नेपाललाई सहजै ५-० ले माथ दिंदै भारत एक खेल अगाडि नै उपाधि हात पारेको हो।
नेपाल भारतसँग पहिलो खेलमा ७-० ले हारेको थियो। यो प्रतियोगितामा कमजोर प्रदर्शन गरेको नेपाल बंगलादेशसँग पहिलो खेलमा ३-० र दोस्रो खेलमा ४-१ ले पराजित भएको थियो।
भुटानलाई भने नेपालले २-१ ले हराएको छ। अब अन्तिम खेलमा नेपालले भुटानसँग खेल्नेछ। ५ खेलमा ४ मा हार र एक जित निकालेको नेपालले ३ अंक छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]