3 months ago
August 30, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगको नयाँ सिजन उत्कृष्ट शैलीमा सुरुवात गर्दै अल तावउनलाई ५-० ले हराएको छ।
नयाँ अनुबन्धित ज्वाओ फेलिक्सले ह्याट्रिक गर्दै चम्किए। कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे। अर्को नयाँ खेलाडी किङ्स्ले कोमानले पनि गोल गरे।
फेलिक्स गत महिना चेल्सीबाट अल नासरमा पुगेका हुन्। डेब्यू खेलको सातौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।
५४औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोल गर्दै अन्तर दोब्बर बनाए। त्यसको एक मिनेटपछि कोमानले गोल गर्दै स्कोर ३-० बनाए।
२५ वर्षीय पोर्तुगाली स्टार फेलिक्सले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अवस्थामा पुर्याए।
अन्तिम ३ मिनेट बाँकी रहँदा उनले ह्याट्रिक पूरा गर्दै अल नासरलाई बलियो ५-० को जित दिलाए।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]