default_image

3 months ago

August 30, 2025

फेलिक्सको ह्याट्रिकमा अल नासरको जित

541 views

0 Bookmark

एजेन्सी – अल नासरले साउदी प्रो लिगको नयाँ सिजन उत्कृष्ट शैलीमा सुरुवात गर्दै अल तावउनलाई ५-० ले हराएको छ।

नयाँ अनुबन्धित ज्वाओ फेलिक्सले ह्याट्रिक गर्दै चम्किए। कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे। अर्को नयाँ खेलाडी किङ्स्ले कोमानले पनि गोल गरे।

फेलिक्स गत महिना चेल्सीबाट अल नासरमा पुगेका हुन्। डेब्यू खेलको सातौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।

५४औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोल गर्दै अन्तर दोब्बर बनाए। त्यसको एक मिनेटपछि कोमानले गोल गर्दै स्कोर ३-० बनाए।

२५ वर्षीय पोर्तुगाली स्टार फेलिक्सले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अवस्थामा पुर्‍याए।

अन्तिम ३ मिनेट बाँकी रहँदा उनले ह्याट्रिक पूरा गर्दै अल नासरलाई बलियो ५-० को जित दिलाए।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.