default_image

3 months ago

August 30, 2025

चेल्सीसँग फुलहम पराजित

336 views

0 Bookmark

एजेन्सी – चेल्सीले स्टामफोर्ड ब्रिजमा आज फुलहमलाई २-० ले हराउँदै प्रिमियर लिग २०२५/२६ सिजनको पहिलो घरेलु जित दर्ता गरेको छ।

खेलमा एन्जो फर्नान्डेज निर्णायक बने। उनले पहिलो हाफको इन्ज्युरी समयमा दिएको कर्नरमा जोआओ पेड्रोले हेडिङ गोल गर्दै अग्रता दिलाए।

त्यसपछि ५६औं मिनेटमा फर्नान्डेजले नै पेनाल्टीमार्फत गोल थपे। पेनाल्टी फुलहमका रयान सेसेन्योनले ट्रेभो चालोबाहको क्रसमा बल‌ ह्यान्ड गरेपछि रेफ्रीले भिएआर समीक्षा गरेर दिएका थिए।

पहिलो हाफमै फुलहमका जोस किङले गरेको एक गोल भने भिएआर समीक्षा पछि रद्द भएको थियो।

यो जितसँगै अपराजित चेल्सी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। फुलहमम भने अझै पहिलो जितविहीन रहँदै २ अंकमा १४औँ स्थानमा छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.