default_image

3 months ago

August 30, 2025

म्यानचेस्टर युनाइटेडको पहिलो जित

262 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको तेस्रो खेलमा पहिलो जित निकालेको छ।

ओल्ड ट्राफर्डमा आज भएको रोमाञ्चक खेलमा युनाइटेडले बर्नलीलाई ३-२ ले पराजित गरेको छ।

इन्ज्युरी टाइमको सातौँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै युनाइटेडलाई सिजनको जित दिलाए। गत हप्ता फुलहमविरुद्ध पेनाल्टी चुकाएका फर्नान्डेज यसपटक सफल भए।

खेलमा युनाइटेडले दुई पटकको‌ अग्रता गुमाएको थियो। जोश कलनको आत्मघाती गोलमा २७ औं मिनेटमा युनाइटेडले अग्रता लियो। बर्नलीका लाइल फोस्टरले ५५ औं मिनेटमा बराबरी गोल गरे।

५७ औं ब्रायन म्बुएमोको गोलमा युनाइटेडले दोस्रो पटक अग्रता लियो। ६६ औं मिनेटमा जैडन एन्टोनीको गोलमा बर्नली पुनः खेलमा फर्कियो।

ग्उनै एन्टोनीले अमाडलाई बक्सभित्र फाउल‌ गर्दा प्राप्त पेनाल्टीलाई फर्नान्डेजले गोलमा परिणत गरे। यो जितसँगै रुबेन अमोरीमको टोली युनाइटेड तालिकाको नवौँ स्थानमा पुगेको छ । स्कट पार्करको बर्नली दुई खेलमा दोस्रो हार बेहोरेपछि एघारौँ स्थानमा झरेको छ।

अन्य खेलमा सन्डरल्यान्ड, एभर्टन, बोर्नमाउथ र चेल्सी विजयी भएका छन्। सन्डरल्यान्डले बेन्टफोर्डलाई २-१ ले, एभर्टनले वल्भ्सलाई ३-२ ले, बोर्नमाउथले टोटेनहमले १-० ले र चेल्सीले फुलहमलाई २-० ले हरायो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.