default_image

3 months ago

August 31, 2025

बायर्नको लगातार जित

264 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा लगातार जित जारी राख्दै औग्सबर्गलाई ३-२ ले हराएको छ।

पहिलो हाफमा बायर्नले उत्कृष्ट खेल देखायो। २८औं मिनेटमा हेरी केनको क्रसलाई सेर्ज ग्नाब्रीले हेडमार्फत गोल गरे।

इन्ज्युरी समयमा  कोनराड लाइमरको पासमा लुइस डायाजले गोल गर्दै अन्तर पारे। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै माइकल ओलिसेले गोल गर्दै अग्रता ३-० बनाए।

तर त्यसपछि औग्सबर्गले खेलमा फर्किने प्रयास गर्‍यो। ५०औं मिनेटमा क्रिस्टियान याकिकले गोल गर्दै अन्तर घटाए। ७६औं मिनेटमा साचा बोयले क्लियर गर्न नसकेको बललाई मर्ट कोमुरले गोल गरेपछि खेल ३-२ को स्थितिमा पुगेको थियो।

औग्सबर्गले बराबरी खोजे पनि अन्तिमतिर गोल गर्न सकेन। खेलको अन्त्यतिर बोय र फेलहाउरबीच टाउको ठोक्किँदा फेलहाउर घाइते भए । उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.