3 months ago
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसँग १- १ गोलको बराबरीमा रोकिएको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो।
भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाइन्। तर पहिलो हाफको इन्ज्युरी समयमा कर्नरमा सोनाम याङचिनले क्लोज रेन्जबाट होल गरिन्। योसँगै पहिलो हाफ १-१ को बराबरीमा सकियो।
दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन्। नेपाल भुटानसँग बराबरीमा रोकियो। अर्थहिन खेलमा नेपालले सान्त्वना जित समेत निकाल्न सकेन। प्रतियोगिताको उपाधि भने भारतले जितेको छ।
यसअघि नेपाल भारतसँग पहिलो खेलमा ७-० ले हार्दा भारतसँगको दोस्रो खेलमा ५-० को हार बेहोरेको थियो। यो प्रतियोगितामा कमजोर प्रदर्शन गरेको नेपाल बङ्गलादेशसँग पहिलो खेलमा ३-० र दोस्रो खेलमा ४-१ले पराजित भएको थियो।
भुटानलाई भने नेपालले पहिलो खेलमा २-१ ले हराएको थियो। नेपालले ६ खेलमा मात्र ४ अंक जोड्यो। नेपाल ४ खेलमा पराजित भयो।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]