3 months ago
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसँग १- १ गोलको बराबरीमा रोकिएको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो।
भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाइन्। तर पहिलो हाफको इन्ज्युरी समयमा कर्नरमा सोनाम याङचिनले क्लोज रेन्जबाट होल गरिन्। योसँगै पहिलो हाफ १-१ को बराबरीमा सकियो।
दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन्। नेपाल भुटानसँग बराबरीमा रोकियो। अर्थहिन खेलमा नेपालले सान्त्वना जित समेत निकाल्न सकेन। प्रतियोगिताको उपाधि भने भारतले जितेको छ।
यसअघि नेपाल भारतसँग पहिलो खेलमा ७-० ले हार्दा भारतसँगको दोस्रो खेलमा ५-० को हार बेहोरेको थियो। यो प्रतियोगितामा कमजोर प्रदर्शन गरेको नेपाल बङ्गलादेशसँग पहिलो खेलमा ३-० र दोस्रो खेलमा ४-१ले पराजित भएको थियो।
भुटानलाई भने नेपालले पहिलो खेलमा २-१ ले हराएको थियो। नेपालले ६ खेलमा मात्र ४ अंक जोड्यो। नेपाल ४ खेलमा पराजित भयो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]