3 months ago
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणमा नेपालको एपिएफ फुटबल क्लब लगातारको तेस्रो हार सहित बाहिरिएको छ। मारिया डा सिल्भाको ह्याट्रिकमा आज साउदी अरेबियाको अल नासारले ६-१ को हार चखायो।
उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्। पहिलो हाफको इन्ज्युरी समयमा मिनेटमा नासारले अग्रता दुगुना गर्यो। कप्तान मारियाले गोल गरिन्।
खेलको ५० औं मिनेटमा सविता राना मगरले गोल गरिन्। एएफसी महिला च्याम्पियन्स लिगमा नेपाली क्लबले गरेको पहिलो गोल हो।
तर यसपछि क्लारा लुभाङ्गाले रूथ किपोईको असिस्टमा गोल गर्दै नासारलाई ३-१ को अग्रता दिलाइन्। खेलको ७० औं मिनेटमा फ्रि किकमा सीधै गोल गरिन्।
लगत्तै ८० औं मिनेटमा होल गर्दै मारियाले ह्याट्रिक पूरा गर्न गरिन्। यसपछि ८६ औं मिनेटमा सोखान सालिनीले गोल गर्दा नासारले ६-१ को जित दर्ज गर्यो।
यसअघि पहिलो खेलमा एपिएफ एफसी नासाफसँग ३-० ले हारेको थियो। दोस्रो खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले ४-० ले माथ दिएको थियो। एपिएफले यो छनोट दोस्रो पटक खेलेको हो। अंक नजोडी एपिएफ समिह चरणबाटै बाहिरियो।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]