3 months ago
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणमा नेपालको एपिएफ फुटबल क्लब लगातारको तेस्रो हार सहित बाहिरिएको छ। मारिया डा सिल्भाको ह्याट्रिकमा आज साउदी अरेबियाको अल नासारले ६-१ को हार चखायो।
उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्। पहिलो हाफको इन्ज्युरी समयमा मिनेटमा नासारले अग्रता दुगुना गर्यो। कप्तान मारियाले गोल गरिन्।
खेलको ५० औं मिनेटमा सविता राना मगरले गोल गरिन्। एएफसी महिला च्याम्पियन्स लिगमा नेपाली क्लबले गरेको पहिलो गोल हो।
तर यसपछि क्लारा लुभाङ्गाले रूथ किपोईको असिस्टमा गोल गर्दै नासारलाई ३-१ को अग्रता दिलाइन्। खेलको ७० औं मिनेटमा फ्रि किकमा सीधै गोल गरिन्।
लगत्तै ८० औं मिनेटमा होल गर्दै मारियाले ह्याट्रिक पूरा गर्न गरिन्। यसपछि ८६ औं मिनेटमा सोखान सालिनीले गोल गर्दा नासारले ६-१ को जित दर्ज गर्यो।
यसअघि पहिलो खेलमा एपिएफ एफसी नासाफसँग ३-० ले हारेको थियो। दोस्रो खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले ४-० ले माथ दिएको थियो। एपिएफले यो छनोट दोस्रो पटक खेलेको हो। अंक नजोडी एपिएफ समिह चरणबाटै बाहिरियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]