3 months ago
August 31, 2025
एजेन्सी – लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा लगातार जित दर्ता गरेको छ।
आइतवार एनफिल्डमा भएको खेलमा डोमिनिक स्जोबोजलाइको ८३औं मिनेटको शानदार फ्रि–किक गोलले लिभरपुलले आर्सनललाई १-० ले हरायो।
आर्सनलका बुकायो साका चोटका कारण अनुपस्थित रहे भने कप्तान मार्टिन ओडेगार्डले बेन्चबाट खेल सुरु गरे। सुरुवाती चरणमै विलियम सालिबा घाइते भएर मैदान छाड्दा आर्सनल कमजोर बनेको थियो।
यो जितसँगै लिभरपुल अन्तर्राष्ट्रिय ब्रेकअघि लिगको शीर्ष स्थानमा अधिकतम ९ अंकसहित रहेको छ। आर्सनल भपराजयसँगै तेस्रो स्थानमा झरेको छ।
सिटीको लगातार हार
ब्राइटनले दोस्रो हाफमा दुई गोल गर्दै शानदार पुनरागमनमार्फत पहिलो जित हात पार्दा म्यानचेस्टर सिटी लगातार दोस्रो खेलमा पराजित भएको छ।
ब्राइटन एन्ड होभ आल्बियनले ८९औं मिनेटमा ब्राजान ग्रुडाले गरेको उत्कृष्ट निर्णायक गोलको मद्दतले सिटीलाई २-१ ले पराजित गर्यो।
एमेक्स स्टेडियममा प्रशिक्षक फाबियन हुर्जेलरले ६०औं मिनेटमा ४ जना खेलाडी परिवर्तन गरेका थिए। त्यही परिवर्तनमा आएका ग्रुडाले निर्णायक गोल गरे।
खेलको सुरुवातमा भने एर्लिङ हाल्यान्डले आफ्नो प्रिमियर लिगमा एक सयौं खेलमा ८८औं गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
तर ६७औं मिनेटमा म्याथियस नुनेसको ह्यान्डबलपछि जेम्स मिल्नरले पेनाल्टीबाट गोल गर्दै आफ्नै पूर्वक्लबविरुद्ध बराबरी ल्याए।
पछि सिटीका गोलरक्षक जेम्स ट्राफोर्डले यान पॉल भान हेकेको हेडर रोकेर टोलीलाई जोगाउन खोजे पनि अन्त्यतिरको दबाब थेग्न सकेनन्। काओरु मितोमाले पास दिएको बललाई ग्रुडाले निर्णायक गोल गरे।
यो नतिजासँगै १०औं स्थानमा रहेको ब्राइटनले २०२५/२६ को प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । सिटी १२औं स्थानमा झरेको छ ।
अर्को खेलमा वेस्ट हमले नटिङघम फरेस्टलाई ३-० ले हराएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]