default_image

3 months ago

August 31, 2025

लिभरपुलको लगातार जित, आर्सनल र सिटी पराजित

501 views

0 Bookmark

एजेन्सी – लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा लगातार जित दर्ता गरेको छ।

आइतवार एनफिल्डमा भएको खेलमा डोमिनिक स्जोबोजलाइको ८३औं मिनेटको शानदार फ्रि–किक गोलले लिभरपुलले आर्सनललाई १-० ले हरायो।

आर्सनलका बुकायो साका चोटका कारण अनुपस्थित रहे भने कप्तान मार्टिन ओडेगार्डले बेन्चबाट खेल सुरु गरे। सुरुवाती चरणमै विलियम सालिबा घाइते भएर मैदान छाड्दा आर्सनल कमजोर बनेको थियो।

यो जितसँगै लिभरपुल अन्तर्राष्ट्रिय ब्रेकअघि लिगको शीर्ष स्थानमा अधिकतम ९ अंकसहित रहेको छ। आर्सनल भपराजयसँगै तेस्रो स्थानमा झरेको छ।

सिटीको लगातार हार

ब्राइटनले दोस्रो हाफमा दुई गोल गर्दै शानदार पुनरागमनमार्फत पहिलो जित हात पार्दा म्यानचेस्टर सिटी लगातार दोस्रो खेलमा पराजित भएको छ।

ब्राइटन एन्ड होभ आल्बियनले ८९औं मिनेटमा ब्राजान ग्रुडाले गरेको उत्कृष्ट निर्णायक गोलको मद्दतले सिटीलाई २-१ ले पराजित गर्‍यो।

एमेक्स स्टेडियममा प्रशिक्षक फाबियन हुर्जेलरले ६०औं मिनेटमा ४ जना खेलाडी परिवर्तन गरेका थिए। त्यही परिवर्तनमा आएका ग्रुडाले निर्णायक गोल गरे।

खेलको सुरुवातमा भने एर्लिङ हाल्यान्डले आफ्नो प्रिमियर लिगमा एक सयौं खेलमा ८८औं गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

तर ६७औं मिनेटमा म्याथियस नुनेसको ह्यान्डबलपछि जेम्स मिल्नरले पेनाल्टीबाट गोल गर्दै आफ्नै पूर्वक्लबविरुद्ध बराबरी ल्याए।

पछि सिटीका गोलरक्षक जेम्स ट्राफोर्डले यान पॉल भान हेकेको हेडर रोकेर टोलीलाई जोगाउन खोजे पनि अन्त्यतिरको दबाब थेग्न सकेनन्। काओरु मितोमाले पास दिएको बललाई ग्रुडाले निर्णायक गोल गरे।

यो नतिजासँगै १०औं स्थानमा रहेको ब्राइटनले २०२५/२६ को प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । सिटी १२औं स्थानमा झरेको छ ।
अर्को खेलमा वेस्ट हमले नटिङघम फरेस्टलाई ३-० ले हराएको छ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.