3 months ago
September 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जोर्डनको इतिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा मलेसियाको केलान युनाइटेडलाई ४-० गोलअन्तरले हरायो। इतिहादको जितमा नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी प्रीति राईले एक गोल गरिन्।
समिह ‘सी’ अन्तर्गत समूहको अन्तिम खेलमा एनास अलजामीनको पासमा रुजवान फ्रेजले गोल गरिन्। ३१औं मिनेटमा इतिहादले अग्रता दोब्बर बनायो। केलानकी सालिकाले आत्मघाती गोल गरिन्।
६८औं मिनेटमा सिडालिया कुटाले दिएको सटीक क्रसलाई प्रितीले बक्सभित्रैबाट उत्कृष्ट भलि गोल गरिन्। इतिहादको लागि उनको यो पहिलो गोल हो।
८७औं मिनेटमा प्रीतिलाई शालिकाले फाउल हानेपछि इतिहादले पेनाल्टीको अवसर पायो। पेनाल्टीमा कुटाले गोल गरिन्। जोर्डनको इतिहाद ४-० को सहज जित निकाल्न सफल रहयो।
एएफसी च्याम्पियन्स लिगमा गोल गर्ने प्रीति तेस्रो नेपाली बनिन् । हिजै सविता राना मगरले एपिएफका लागि गोल गरिन् भने रेखा पौडेलले गत सिजनमा गरेकी थिइन्।
लायन सिटी सेलर्स ९ अंक सहित समूह विजेता बनेर छनोट भएको छ। इतिहाद भने ६ अंक सहित उप विजेता बन्यो। उत्कृष्ट उपविजेता बनेर छनोटको लागि अन्य समूहको नतिजा कुर्नुपर्नेछ।
प्रीतिले घरेलु लिग खेल्ने क्लब एपिएफको प्रदर्शन भने फितलो रहयो। लगातार तीन खेल हारेर एपिएफ बाहिरिएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]