3 months ago
September 1, 2025
एजेन्सी – ला लिगामा बार्सिलोनाले पहिलोपटक अंक गुमाएको छ। बार्सिलोना आइतबार रायो भालेसानो सँगको खेल १-१ को बराबरीमा रोकिएको हो।
खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि काम नगरेपछि निर्णय विवादास्पद बनेको थियो।
बार्सिलोनाका १८ वर्षीय लामिन यामालले ४०औं मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए।
उनलाई घरेलु डिफेन्डर पेप चाभारियाले लडाइएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। तर भिएआर नचल्दा निर्णय पुनरावलोकन हुन सकेन।
म्यानचेस्टर युनाइटेडबाट लोनमा गएका मार्कस रासफोर्डले बार्सिलोनाका लागि तेस्रो खेल खेले। उनी ६२औं मिनेटमा राफिन्हाको स्थानमा मैदान प्रवेश गरेका थिए।
रायोले ६७औं मिनेटमा परिवर्तित खेलाडी फ्रान पेरेजको शानदार भलिबाट बराबरी गर्यो। त्यसपछि जोर्गे डे फ्रुतोसले घरेलु टोलीलाई अग्रता दिने मौका पाए, तर उनको प्रहार बार्सिलोनाका गोलरक्षक जोआन गार्सियाले रोके।
अन्तिमतिर रायोको गोल अफसाइडको कारण अस्वीकृत भयो। गार्सियाले अन्त्यमा सर्जियो क्यामेलोलाई रोक्दै टोलीलाई बचाए।
यसअघि लगातार २ खेल जितेको बार्सिलोना ७ अंकसहित चौथो स्थानमा छ। रियल म्याड्रिड र एथ्लेटिक बिलबाओले लगातार ३ जित निकाल्दै ९ अंक जोडेका छन्।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]