default_image

3 months ago

September 1, 2025

पिएसजीको लगातार जित

140 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुजलाई ६-३ ले पराजित गरेको छ। जोआओ नेभेसले ह्याट्रिक गरे । खेलमा ४ वटा पेनाल्टी दिइयो।

२० वर्षीय पोर्चुगिज नेभेसले सातौं मिनेटमा ओभरहेड किकमार्फत पहिलो गोल गरे। दुई मिनेटमै ब्राडली बार्कोलाले दोस्रो गोल थपे।

त्यसपछि नेभेसले १४औं मिनेटमा अर्को शानदार ओभरहेड किकबाट टोलीकस लागि तेस्रो गोल गरे। केही समयमै उस्मान डेम्बेलेले पेनाल्टीमा चौथो गोल थप्दा स्कोर ४-० भयो।

टुलुजले चार्ली क्रेसवेलको रिबाउन्ड गोलबाट फर्कने प्रयास गर्‍यो। क्रिस्टियन कासेरेसले दुई पटक पेनाल्टी हान्ने अवसर पाए। तर पिएसजीका गोलकिपर लुकास चेभालिएरले दुवै प्रहार रोकिदिए। दोस्रो हाफमा फेरि बार्कोलालाई फाउल गर्दा पिएजसीले पेनाल्टी पायो र डेम्बेलेले गोल गरे।

७८औं मिनेटमा नेभेसले बक्स बाहिरबाट गोल गर्दै प्रहार गर्दै ह्याट्रिक पूरा गरे। अन्त्यतिर टुलुजले दुई मिनेटमै यान ग्बोहो र एलेक्सिस भोसाले गोल गरे।

लगातार ३ खेल जितेको पिएसजी लिग वानको शीर्ष स्थानमा कायम छ। अर्काे खेलमा लिलले ७७औं मिनेटपछि लगातार ५ गोल गर्दै लोरेन्टलाई ७-१ ले हराएको थियो।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.