default_image

3 months ago

September 1, 2025

सिएटल साउन्डर्सलाई लिग्स कप, मेस्सीसम्मिलित मियामी पराजित

728 views

0 Bookmark

एजेन्सी – सिएटल साउन्डर्सले इन्टर मियामीलाई ३-० ले हराउँदै २०२५ लिग्स कपको उपाधि जितेको छ।

सिएटलको लुमेन फिल्डमा भएको फाइनलमा लियोनेल मेस्सीको ४७औं करिअर उपाधि जित्ने प्रयास असफल रहे।

सिएटलका ओसाजे डे रोजारियोले २६औं मिनेटमा पहिलो गोल गरे। ८४औं मिनेटमा एलेक्स रोदानले पेनाल्टीमार्फत गोल थपे भने ८९औं मिनेटमा पॉल रोथरकले तेस्रो गोल गर्दै जित पक्का गरे।

सिएटलले प्रतियोगिताभर खेलेका ६ खेलमा १५ गोल गर्दै मात्र २ गोलको सामना गर्यो। यसै क्रममा टोलीले एमएलएस र लिगा एमएक्स क्लबबीचको यो क्षेत्रीय प्रतियोगिता जित्यो। इन्टर मियामी १६औं खेलमा पहिलो पटक गोलविहीन रह्यो।

सन् २०२३ मा पहिलो लिग्स कप जितेको इन्टर मियामीले खेल बराबरी गर्ने अवसर गुमायो। ५०औं मिनेटमा लुइस सुवारेजको पासपछि मेस्सीको प्रहार गोलपोस्टमाथि बाहिरियो। ६०औं मिनेटमा ताडेओ आलेन्देले गोलपोस्ट बाहिर प्रहार गरे।

यो सिजन इन्टर मियामीले उपाधि जित्ने तेस्रो मौका पनि गुमायो। यसअघि उनीहरू कन्काकाफ च्याम्पियन्स कप र फिफा क्लब विश्वकपमा पनि असफल भएका थिए।
फाइनलपछि मैदानमा खेलाडीबीच विवाद भयो।

सुवारेजले सिएटलका ओबेड वर्गासलाई ‘हेडलक’मा समातेको एप्पल टिभीका विश्लेषक टेलर ट्वेलम्यानले बताए। तर केही समयमै अवस्था सामान्य बनेर दुवै टोलीले ट्रफी वितरणमा सहभागिता जनाए।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.