3 months ago
September 1, 2025
एजेन्सी – सिएटल साउन्डर्सले इन्टर मियामीलाई ३-० ले हराउँदै २०२५ लिग्स कपको उपाधि जितेको छ।
सिएटलको लुमेन फिल्डमा भएको फाइनलमा लियोनेल मेस्सीको ४७औं करिअर उपाधि जित्ने प्रयास असफल रहे।
सिएटलका ओसाजे डे रोजारियोले २६औं मिनेटमा पहिलो गोल गरे। ८४औं मिनेटमा एलेक्स रोदानले पेनाल्टीमार्फत गोल थपे भने ८९औं मिनेटमा पॉल रोथरकले तेस्रो गोल गर्दै जित पक्का गरे।
सिएटलले प्रतियोगिताभर खेलेका ६ खेलमा १५ गोल गर्दै मात्र २ गोलको सामना गर्यो। यसै क्रममा टोलीले एमएलएस र लिगा एमएक्स क्लबबीचको यो क्षेत्रीय प्रतियोगिता जित्यो। इन्टर मियामी १६औं खेलमा पहिलो पटक गोलविहीन रह्यो।

सन् २०२३ मा पहिलो लिग्स कप जितेको इन्टर मियामीले खेल बराबरी गर्ने अवसर गुमायो। ५०औं मिनेटमा लुइस सुवारेजको पासपछि मेस्सीको प्रहार गोलपोस्टमाथि बाहिरियो। ६०औं मिनेटमा ताडेओ आलेन्देले गोलपोस्ट बाहिर प्रहार गरे।
यो सिजन इन्टर मियामीले उपाधि जित्ने तेस्रो मौका पनि गुमायो। यसअघि उनीहरू कन्काकाफ च्याम्पियन्स कप र फिफा क्लब विश्वकपमा पनि असफल भएका थिए।
फाइनलपछि मैदानमा खेलाडीबीच विवाद भयो।
सुवारेजले सिएटलका ओबेड वर्गासलाई ‘हेडलक’मा समातेको एप्पल टिभीका विश्लेषक टेलर ट्वेलम्यानले बताए। तर केही समयमै अवस्था सामान्य बनेर दुवै टोलीले ट्रफी वितरणमा सहभागिता जनाए।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]