default_image

3 months ago

September 2, 2025

लेस्टरका पूर्व स्टार भार्डी क्रेमोनेजेमा आबद्ध

462 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटी र इंग्ल्यान्डका पूर्व स्ट्राइकर जेमी भार्डीले इटालियन सिरि ए क्लब क्रेमोनेजेसँग निशुल्क ट्रान्सफरमा सम्झौता गरेका छन्।

३८ वर्षे भार्डीले एक वर्षको सम्झौता गरेका छन् । नयाँ बढुवा भएको क्लब क्रेमोनेजेस्ले रेलिगेसनबाट बच्न सके उनीसँग थप एक वर्षको सम्झौता गर्ने विकल्प रहनेछ।

भार्डी सन् २०१२ मा लेस्टर सिटीमा सामेल भएका थिए। गत जुनमा किंग पावर स्टेडियममा भएको उनको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए।

उनी लेस्टर सिटीका सबैभन्दा महान खेलाडीमध्ये एक मानिन्छन् । जसले क्लबलाई २०१५-१६ को प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

भार्डीले लेस्टरका लागि ५ सय खेलमा २‌सय गोल गरेका छन् । २०२१ मा एफए कप जितेका थिए। उनले इंग्ल्यान्डका लागि २६ खेलमा ७ गोल पनि गरेका छन्।

क्रेमोनेजेसले यो सिजन सिरि ए मा राम्रो सुरुवात गरेको छ। सासुओलो र एसी मिलानलाई पराजित गर्दै २ खेलमै जित दर्ता गरेको छ।

भार्डीले १५ सेप्टेम्बर १५ मा हेलास भेरोनाविरुद्धको अवे खेलमा क्रेमोनेजेसबाट डेब्यु गर्ने सम्भावना छ।

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.