3 months ago
September 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लब एन्फा राष्ट्रिय महिला लिगको लागि छनोट हुने पहिलो टोली बनेको छ।
पूर्णिमा राईको ह्याट्रिकमा संकटाले आज एनबिएम पोखरा गर्ल्स एफसीलाई ६-१ ले हराउँदै एक खेल अगाडि नै छनोट भएको हो।
च्यासल खेल मैदानमा आज भएको खेल एकपक्षीय बन्यो। खेलको पाँचौं मिनेटमा नै सेनु परियारको गोलमा संकटाले सुरुवाती अग्रता बनायो। १८ औं मिनेटमा पोखरा गल्सको लागि विपना गुरुङले एक गोल फर्काइन्। खेल १-१ को बराबरीमा पुग्यो।
तर यसपछि संकटा थप ५ गोल गर्यो। ३१ औं र ४२ औं मिनेटमा पूर्णिमाले दुई गोल गरिन्। पहिलो हाफमा संकटाले ३-१ को अग्रता बनायो।
त्यसपछि ५५ औं मिनेटमा पूर्णिमाले ह्याट्रिकको सफलता प्राप्त गरिन्। ६० औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-१ को अग्रता दिलाइन्।
पोखरा गर्ल्सलाई रोशनी तामाङले खेलको ६७ औं मिनेटमा गरेको आत्मघाती गोलमा संकटाले ६-१ को जित दर्ज गर्यो। यो जितमा ५ खेलबाट १५ अंक बनाएको संकटा एक खेल अगाडि नै छनोट भयो ।
छनोटपछि टोलीका प्रशिक्षक रविन्द्र शिलाकारले मोफसलको प्रतियोगिताहरूको कारण टिमलाई यो छनोट खेल्न सहज भएको बताए।
उनले यु-२० टिमका खेलाडी, कोशी प्रदेश र एकेडेमीका खेलाडील टोली बलियो बनेको र अब राष्ट्रिय महिला लिगमा विभागीय टिमहरूलाई टक्कर दिने योजना सहित अगाडि बढ्ने पनि हाम्रो खेलकुद डटकमलाई जानकारी दिए।

कप्तान यशोदा शाहीले मोफसलमा आर्मीलाई हराएपछि टोली सशक्त हुँदै अगाडि बढेको भन्दै टिम म्यानेजमेन्ट राम्रो भएको कारण छनोट सहज भएको प्रतिक्रिया दिइन्।
संकटाले ग्रुप ‘बी’ को शीर्षस्थानमा छ। ४ खेल खेलेको एनआरटी र ५ खेल खेलेको झापा एफसीसँग समान ९ अंक छ। संकटाले आफ्नो अन्तिम खेल एनआरटीसँग खेल्नेछ। संकटा अघिल्लो सिजन रेलिगेसनमा परेको थियो।
यो छनोटमा कुल १४ टोलीको सहभागिता छ। दुवै समूहबाट शीर्ष दुई टोली लिगको लागि छनोट हुनेछन्।
दुई समूह को तेस्रो हुने टोलीबीच प्लेअफबाट एक गरी ५ टोली राष्ट्रिय लिगमा छनोट हुनेछन्। यहाँबाट छनोट हुने टोलीले राष्ट्रिय लिगमा ३ विभागीय टोली, कोशी प्रदेश र बागमती प्रदेशसँग खेल्नेछन्।


December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]