default_image

3 months ago

September 3, 2025

नेपाल र बंगलादेशबीच खेलको टिकट खल्तीमा किन्न सकिने

366 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट खल्तीमार्फत खरिद गर्न सकिने भएको छ ।

नेपालले यहि भाद्र २१ र २४ गते बंगलादेशको सिनियर टोलीविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ । खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले अन्तिम २३ टोली पनि सार्वजनिक गरिसकेका छन् ।

यस्तै बंगलादेशका प्रशिक्षक जाभिएर कार्बेराले पनि २३ सदस्यीय टोली छनोट गरिसकेका छन् । बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दै आएका मिडफिल्डर हम्जा चौधरी भने यसपटक नेपाल नआउने भएका छन् । उनी इंगलिस क्लब लेस्टर सिटीसँग आवद्ध रहेका छन् ।

प्रशिक्षक रसले पहिलो खेलका लागि २३ खेलाडी सम्मिलित टोली घोषणा गरेपनि अनुभवी फरवार्ड भरत खवास पनि टिमसँग छन् । उनले दोस्रो खेलमा खेल्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

नेपाली टोली :

गोलरक्षक : किरण चेम्जोङ, दिप कार्की, टिकेन्द्र थापा

डिफेन्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, रन्दिप पौडेल, रोहित चन्द, योगेश गुरुङ, सुमन श्रेष्ठ

मिडफिल्डर : आदित्य शाक्य, अमित लामा, एरिक विष्ट, दिनेश हेन्जन, लाकेन लिम्बु, कुशल देउवा, मणि लामा, रोहन कार्की, सुबास बम

फरवार्ड : अन्जन विष्ट, जिलेस्पी जंग कार्की, समिर तामाङ, सिर्जन राज गौतम, मनिष डाँगी, भरत खवास

मुख्य प्रशिक्षक : म्याट रस

अफिसियल : टंकलाल राई (व्यवस्थापक), सल्यान खड्गी (सहायक प्रशिक्षक), विनोद डंगोल (गोलरक्षक प्रशिक्षक), पंकज शाही (एनालिस्ट), सुजन अमात्य (फिजियो)

खेलको टिकट खल्ती एपमार्फत किन्न सकिन्छ । टिकट खरिद गर्न यहाँ जानुहोस ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.