default_image

3 months ago

September 3, 2025

नेपालले आज ताजिकिस्तानको सामना गर्ने

1079 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोलीले आज घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु-२३ एसियन कप छनोटको‌ सुरुवात गर्नेछ।

ताजकिस्तान तुलनात्मक रुपमा बलियो टोली हो। उसले दुई पटक एसियन कप खेलेको छ। घरेलु मैदान र समर्थक उसको लागि अर्को बलियो पक्ष हुनेछ।

नेपालले बलियो टोली विरुद्ध खेल्न तयार रहेको बताएको छ। प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको नेपाली टोलीले ताजिकिस्तान बलियो प्रतिद्वन्द्वी भए पनि गल्ती नगरेर टिम गेम खेल्ने हो भने सकारात्मक नतिजाको आउने बताएका छन्।

आइतवार ताजकिस्तान पुगेको नेपाली टोलीले त्यँहा दुई दिन प्रशिक्षण पनि गरेको थियो। नेपालको मौसम जस्तै भएकोले खेलाडीहरूलाई सहज हुने आशा प्रशिक्षक न्यौपानेको छ।
नेपाली टोलीको कप्तानी आयुष घलान गर्नेछन् छ। दुई महिनाको प्रशिक्षण र राष्ट्रिय टोलीसँग अभ्यास खेल खेलेर युवा टोली ताजिकिस्तान पुगेको हो।‌

कप्तान आयुषसँगै कृतिशरत्न छुन्जु, सुमित श्रेष्ठ र निराजन धामीसँग राष्ट्रिय टोलीबसट खेलेको अनुभव छ।
सकरात्मक नतिजाको लागि खेल्ने भने पनि नेपाल कठिन समूहमा छ।

समुह ‘के’ मा नेपालले सिरिया र फिलिपिन्सको पनि सामना गर्नुपर्ने खेल्नेछ। नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ।

सन् २०२६ को साउदी अरेबियामा हुने यु-२३ एसियन कप छनोटको लागि ४४ राष्ट्रले दाबेदारी प्रस्तुत गर्नेछन्। ४४ टिमलाई ११ समुहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ४ टोली छन्।

प्रत्येक समूह विजेता अन्तिम चरणमा छनोट हुनेछ। साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउनेछ। साउदी अरेबिया भने आयोजकको हैसियतमा छनोट भैसकेको छ। एसियन कपमा कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली युवा टोली

गोलकिपर – कृशाल मोक्तान, अमित टमाटा, विशाल केसी

डिफेन्डर – विवेक गुरुङ, विशाल नेपाली, लाहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु र सेमान्त थापा

मिडफिल्डर– आयुष घलान (कप्तान), अभिषेक स्याङतान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिश रत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ

फरवार्ड – रोहन खड्गी र निराजन धामी

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.