3 months ago
September 4, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- नेपाली युवा टोलीले हारबाट एएफसी यु २३ एसियन कप छनोटको सुरुवात गरेको छ।
आयोजक ताजिकिस्तानसँग बुधवार भएको खेल नेपालले ४-० ले गुमाएको थियो।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा ताजिकिस्तानका लागि
मुहम्मदल अजिजबोएभले २, रहमतशो रहमतजोदा र दलेर शारिपोभले समान १ गोल गरे। पहिलो हाफमा नेपाल १-० ले मात्र पछाडि थियो।
ताजिकिस्तानले सुरुबाटै लगातार बनाएपनि गोल गर्न संघर्ष गरेको थियो। ३९औं मिनेटमा ताजकिस्तानले पहिलो गोल गर्यो ।
कामोलोभ अमादोनीले नेपाली टोलीका कप्तान सुमित श्रेष्ठलाई बिट गर्दै सिक्स यार्ड बक्सनजिकबाट दिएको पासमा अजिजबोएभले गोल गरेका थिए।
५८औं मिनेटमा कामोलोभले कप्तान सुमितलाई नै बिट गर्दै दिएको पासलाई अजिजबोएभले सिक्स यार्ड बक्सबाट हेड मार्फत गोल गरे।
अन्तिममा सम्हालिन नेपालले नसक्दा २ मिनेटमा २ गोलको सामना गर्यो । ८९ औं मिनेटमा रहमतजोदाले तेस्रो गोल गरेका थिए। कामोलोभ रुस्तमले दिएको पासमा उनले गोल गरेका हुन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा शारिपोभले गोल गरेपछि ताजिकिस्तानले सानदार जित दर्ता गर्यो ।
समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २-१ हराएको थियो। नेपालले अब सिरियासँग खेल्नेछ।
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]
December 4, 2025
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]