default_image

3 months ago

September 5, 2025

जर्मनी स्तब्ध, स्पेनको सहज जित

182 views

0 Bookmark

एजेन्सी – विश्वकप छनोटको सुरुवाती खेलमै जर्मनी स्लोभाकियासँग २-० ले पराजित भएको छ।

ब्रातिस्लाभामा भएको खेलमा डेविड ह्यान्कोले पहिलो हाफको अन्त्यतिर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाए। ५५औं मिनेटमा डेविड स्ट्रेलेकले शानदार प्रहार गर्दै गोल गरे र जित पक्का गरे।

यो नतिजासँगै स्लोभाकियाले समूह ए मा उत्कृष्ट सुरुवात गरेको छ। सन् २०१० पछि पहिलोपटक विश्वकपमा पुग्ने प्रयासमा रहेको स्लोभाकियाका लागि यो ठूलो परिणाम बनेको छ।

जर्मनी पछिल्ला दुई विश्वकपमा समूह चरणमै बाहिरिएको छ । तर पनि विश्व कपमा लगातार छनोट हुँदै आएको छ।अब जर्मनीले मंगलबार उत्तरी आयरल्याण्डविरुद्ध घरेलु मैदानमा खेल्नेछ। यसै समूहमा लक्जेम्बर्ग पनि प्रतिस्पर्धामा छ। प्रत्यक्ष छनोट भने समूह विजेताले मात्र पाउनेछ।

उत्तरी आयरल्याण्डले लक्जेम्बर्गलाई ३-१ ले हरायो। जेमी रिड, शिया चार्ल्स र जस्टिन डेभेनीले गोल गरे। घरेलु टोलीका लागि ऐमान दार्दारीले बराबरी गोल गरे पनि दोस्रो हाफमा सेइद कोराक रातो कार्ड खाँदा टोलीको‌ आशा समाप्त भएको थियो।

समूह ई मा युरोपियन च्याम्पियन स्पेनले बल्गेरियालाई ३-० ले हरायो। खेलको पाँचौँ मिनेटमै मिकेल ओयार्जाबालले गोल गर्दै अग्रता दिलाए। त्यसपछि मार्क कुकुरेलाले ३०औं मिनेटमा दोस्रो गोल गरे। लामिन यामालले ३८औं मिनेटमा मिकेल मेरिनोलाई पास दिए र उनले तेस्रो गोल थपे।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.