default_image

3 months ago

September 5, 2025

यु १६ लिगमा रेफ्री र अफिसियल परिवर्तनको आग्रह

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु १६ युथ लिगलाई सहभागी क्लबले लिगलाई मर्यादित एवं सभ्य तरिकाले संचालन गर्न बाँकी खेलमा स्तर अनुसार रेफ्री र म्याच अफिसियल परिवर्तन गर्न आग्रह गरेका छन्।

फ्रेन्ड्सका अध्यक्ष विश्वास विक्रम शाह लगायतको टोलीले आज एन्फा महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएका थिए ।

लिगका दौरान भइरहेको केहि अप्रिय र अप्रत्यासित घटना प्रति गम्भीर ध्यानाकर्षण भएको क्लबहरुले जनाएका छन् ।

रेफ्री र अफिसियलका कारण विभिन्न प्रकारका वाद-विवाद, झै-झगडा र खेल भावना विपरितका कार्यहरु भईरहेको कारण प्रतियोगिताको गरिमा र महत्वमा स्पष्ट आधात पर्न गैरहेको क्लबहरु भनाई छ।

बाँकी खेललाई व्यवस्थित रुपले संचालन गर्न चाँडो क्लबका अध्यक्ष्य महासचिवहरुको उपस्थितिमा एन्फा अध्यक्ष, महासचिवलगायत प्रतियोगिता संचालन समिति, रेफ्री, एलओसी, म्याच कमिसनरको संयुक्त बैठक आव्हान गर्न आग्रह गरेको छ।

समयमा बैठक आव्हान नभएमा यसबाट पर्ने सबै प्रकारका नतिजाको जिम्मेवार एन्फा हुनुपर्ने क्लबहरुले प्रष्ट पारेका छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.