3 months ago
September 6, 2025
एजेन्सी – मोरोक्कोले नाइजरलाई ५-० ले हराउँदै २०२६ फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ। यो सँगै २०२६ विश्व कपका लागि छनोट हुने मोरोक्को पहिलो अफ्रिकी टोली बनेको छ।
कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनल पुगेको मोरोक्को लाई शुक्रबार तान्जानियाले काँगो–ब्राजाभिलसँग १-१ को बराबरी खेलेपछि जित निकाले पुग्ने अवस्था थियो।
रबातमा भएको खेलमा नाइजरका अब्दुल–लतिफ गुमेइ २६ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदान बाहिरिएका थिए। त्यसको तीन मिनेटमै युसेफ बेलामारीको क्रसलाई इस्माएल सैबारीले गोलमा परिणत गर्दै अग्रता दिलाए।
मध्यान्तर अघि नै सैबारीले अशराफ हाकिमीद्वारा दिएको पासमा दोस्रो गोल थपे। दोस्रो हाफको सुरुवातमा बेलामारीकै अर्को उत्कृष्ट क्रसलाई अयुब एल काबीले जाली चुमाउँदै तेस्रो गोल गरे।
पूर्व रेंजर्स खेलाडी हम्जा इगामानेले मैदानमा प्रवेश गरेपछि कर्नरमार्फत आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरे । अन्तिमतिर अज्जेदिन उनाहीले गोल गर्दै अग्रता ५-० बनाए।
मोरोक्कोले पुनर्निर्माण गरिएको प्रिन्स मौलाई अब्दल्ला रंगशालामा पहिलो खेल खेलेका थिए। यही रंगशालामा २०२५ अफ्रिका कप अफ नेसन्सको फाइनल र २०३० को सह–आयोजित विश्वकपका खेलहरू हुनेछ।
अफ्रिकी छनोट अन्तर्गत अब अन्य ८ समूह विजेता सिधै विश्वकपमा जानेछन् । उत्कृष्ट चार उपविजेताले प्ले–अफमार्फत प्रतिस्पर्धा गर्नेछन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]