default_image

3 months ago

September 6, 2025

नेपाली फुटबल टोली झन्डै २ वर्षपछि दशरथ रंगशालामा खेल्दै

425 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग आज दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ। ६ सय ५८ दिनपछि सिनियर पुरुष टोली दशरथ रंगशालामा उत्रदैछ ।

झन्डै दुई वर्ष (२१ महिना) पछि राष्ट्रिय टोलीले खेल्न लागेपनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघ (एएफसी) ले अयोग्य नै भनेको छ। नेपाली टोलीले सन् २०२३ नोभेम्बर १७ मा पछिल्लो पटक दशरथ रंगशालामा खेलेको थियो।

यति लामो समय बितिसक्दा पनि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले रंगशालालाई योग्य बनाउन नसक्नु लाजमर्दो हो। सूर्य विनायकमा नयाँ रंगशाला बनाउन प्रसंग सुरु भएको छ।

तर प्रक्रिया पूरा गरेर कहिलेबाट निर्माण सकिने र सम्पन्न भन्ने योजना सार्वजनिक भएको छैन। त्यसका लागि वर्षे लाग्न सक्छ। सरकारले तत्कालका लागि दशरथ रंगशाला अन्तराष्ट्रिय मान्यताको मापदण्ड पूरा गर्न लाग्न राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले आग्रह गरे।

घरेलु मैदानमा खेल्नु कुनै पनि टोली लागि बलियो पक्ष हो। तर यो अवसरबाट नेपाली टोली चुकिरहेको छ। लामो समयपछि दशरथ रंगशालामा मैत्रिपूर्ण खेल खेल्न पाउँदाको उत्साहलाई शब्दमा वर्णन गर्न नसक्ने किरणले बताए। साथै लामो समयदेखि फिट नभएको र आफुले शतप्रतिशत दिन नसकेको भन्दै यो पटक उत्कृष्ट प्रदर्शन गर्ने बताए।

आज हुने पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि टोली राम्रो तयारी गरेको र सकारात्मक नतिजाको लागि खेल्नेमा टोली विश्वस्त रहेको उनको भनाइ छ। कप्तान किरणले बंगलादेशको क्लबबाट व्यवसायिक फुटबल खेलिरहरका छन्।

तयारीका क्रममा उनकै क्लबसँग बंगलादेश टोलीले अभ्यास खेल खेलेको थियो । यसले उनलाई प्रतिद्वन्द्वीको पछिल्लो अवस्था थाहा पाउन मद्दत गरेको हुनुपर्छ।

प्रशिक्षक म्याट रसको टोलीमा यु-२३ टिम र इन्ज्युरीको कारण यसअघिका ४ खेलाडी यसपटक छैनन्। तर पनि तयारी राम्रो भएको प्रशिक्षक रसले बताए। साथै उनले बंगलादेशका हम्जा चौधरी यो पटक नभएपनि टोली बलियो रहेकोमा‌ आफू जानकार रहेको प्रष्ट पारे।

बंलादेशका प्रशिक्षक जाभियर कार्बेरालरले टोली नेपालसँग खेन पूर्णरुपमा तयार रहेको बताएका छन्।
नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।

एएफसी एसियन कप छनोटको बाँकी खेलको तयारीको लागि यो खेल महत्वपूर्ण मानिएको छ। दोस्रो खेल मंगलवार हुनेछ। हिजो दुवै टोलीले दशरथ रंगशालामा अभ्यास गरेका थिए।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.