default_image

3 months ago

September 6, 2025

नेपाल र बंगलादेशले बराबरी खेले

885 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेश विरुद्ध दबाब बनाएपनि गोल गर्न सकेन । खेलको सुरुवातमा बंगलादेशले गोल गर्यो। तर रेफ्रीले अफ साइडको झन्डा उठाइदिए। 

खेलको २९ औं मिनेटमा नेपालले राम्रो मौका गुमायो। मणि लामाको फ्रि-किकमा अनन्त तामाङको फ्लिकमा किपर मोहम्मद सुजोन हुसेन बाधक बने। खेलको ३९ औं मिनेटमा बंगलादेशका सुमोन रेज्जाले हानेको प्रहार क्रसबार माथिबाट बाहिरियो।

दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन्। खेलको ६८ औं मिनेटमा जिलेश्पीजंग कार्कीले हानेको लङ रेन्ज प्रहारलाई बंगलादेशका किपरले बचाए।

खेलको ७६ औं मिनेटमा बंगलादेशका रकिब होसेनको पासमा सोहेल रानाको पावरफुल सटलाई गोल किपर किरण चेम्जोङले बचाए। खेल गोल रहित बराबरीमा सकियो। 

नेपाली राष्ट्रिय पुरुष टोलीले २१ महिनापछि दशरथ रंगशालामा पहिलो खेल खेलेको हो। यसअघि सन् २०२३ को नोभेम्बरमा नेपालल यमनसँग खेलेको थियो।

आजको खेल हेर्न ४ हजार ८ सय ८ दर्शकले टिकट किनेको गरेको एन्फाले जनाएको छ।  नेपाल र बंगलादेशबीचको दोस्रो खेल मंगलबार हुनेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.