3 months ago
September 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल लगातार दोस्रो हारपछि एएफसी यु-२३ एसियन कप छनोटबाट बाहिरिएको छ।
नेपाललाई आज सिरियाले ४-२ ले पराजित गर्यो। एक पटक लिएको अग्रता जोगाउन सकेन। ताजिकिस्तानमा भएको खेलमा नेपाल विरुद्ध सिरियाले २५ औं मिनेटमा अग्रता बनायो।
मोहम्मद अल मुस्तफाले नेपाली डिफेन्डरको कमजोरी गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।
दोस्रो हाफमा नेपालले आशलाग्दो सुरुवात गर्यो।
१० मिनेटभित्र नेपालले २ गोल गर्यो। खेलको ५६ औं मिनेटमा निराजन धामीको गोलमा नेपालले खेललाई १-१ को बराबरीमा पुर्यायो। खेलको ५६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गरे।

यो सँगै नेपालले सिरिया विरुद्ध २-१ को अग्रता बनायो। निराजन र सुमित दुवै राष्ट्रिय टोलीका पनि सदस्य हुन्।
तर नेपालले यो अग्रता जिगाउन सकेन।
७७ औं मिनेटमा अलि अलरिनाको गोलमा सिरयाले खेललाई २-२ को बराबरीमा पुर्यायो। यसपछि ८१ औं मिनेटमा कप्तान मोहमाउद अलस्वादको गोलमा सिरियाले फेरि खेलमा ३-१ को अग्रता बनायो।
यसअघि मोहमाउद नायफले अर्को गोल थप्दा सिरियाले नेपाल विरुद्ध ४-२ को जित निकाल्यो। सिरियाको यो दोस्रो जित हो। उसले ६ अंक बनाएको छ। उसले यसअघि पहिलो खेलमा फिलिपिन्सलाई हराएको थियो।
नेपालले भने २ खेलबाट अंकको खाता खोल्न सकेको छैन। पहिलो खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४-० ले हारेको थियो। अब नेपालले फिलिपिन्ससँग खेल्नेछ।

सन् २०२६ को साउदी अरेबियामा हुने यु-२३ एसियन कप छनोटको लागि ४४ राष्ट्रले दाबेदारी प्रस्तुत गरेका छन्। ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ।
प्रत्येक समूहमा ४ टोली रहेका छन्। प्रत्येक समूहको विजेता छनोट हुनेछ। साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउनेछ।
साउदी अरेबिया भने आयोजकको हैसियतमा छनोट भैसकेको छ। एसियन कपमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]