default_image

3 months ago

September 7, 2025

इङ्ग्ल्याण्डको जित

202 views

0 Bookmark

एजेन्सी – विश्वकप छनोटमा इङ्ल्यान्डले अन्दोरालाई २-० ले हराउँदै मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा लगातार चौथो जित दर्ता गरेको छ।

भिल्ला पार्कमा भएको खेलमा २५औं मिनेटमा अन्दोराका डिफेन्डर क्रिस्टियन गार्सियाले नोनि मादुएकेको क्रसलाई आत्मघाती गोलमा परिणत गरेपछि इङ्ल्यान्डले अग्रता लियो।

६७औं मिनेटमा डेक्लान राइसले रिस जेम्सको क्रसलाई हेड गर्दै दोस्रो गोल गरे। यसअघि अन्दोराका गोलकिपर इकर अल्भारेजले इलियट एन्डरसनको प्रयास रोकेर टोलीलाई खेलमा टिकाइरहेका थिए।

नटिङ्घम फरेस्टका मिडफिल्डर एन्डरसनले टुचेलको प्रशिक्षणमा डेब्यू गरेका थिए र प्रभावशाली प्रदर्शन गरे। इङ्ग्ल्याण्ड ९ अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा छ।

अब इङ्ल्यान्डले मंगलबार बेलग्रेडमा सर्बियाविरुद्ध खेल्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.